जिल्ला विकास समितिको कार्यालय, म्याग्दीले डिजिटल सूचना बोर्ड स्थापना गरेको छ । श्रव्यदृश्य माध्यमबाट कार्यालयका सूचना प्रवाह गर्ने उद्देश्यले रु ७० हजार लगानीमा एलसिडी टिभी र मनिटर जडान गरी डिजिटल सूचना बोर्ड सञ्चालन गरिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए । कार्यालयका अनुसार, जिल्लाका सरकारी कार्यालयमा यो पहिलो विद्युतीय सूचना बोर्ड हो । विद्युतीय सूचना बोर्डमा कार्यालयको बडापत्र, सूचनामूलक सन्देश, कार्यालयबाट सम्पादन भएका र हुने काम तथा गतिविधि, जिविससँग सम्बन्धित तस्बिर, भिडियो तथा वृत्तचित्रलगायतको जानकारी तथा सामग्री राखिने उनले बताए । सूचना बोर्डले जिल्लाको वस्तुस्थितिसँगै सूचनालाई सेवाग्राहीको पहुँचमा पु¥याउन, उपभोक्ता समिति गठनदेखि योजना फछ्र्योटसम्मका सूचना सहज रुपमा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कागजमा लेखेर जालीभित्र सूचना टाँस्ने प्रविधि पुरानो भइसकेकाले डिजिटल प्रविधिबाट सूचना प्रवाह गर्न यस्तो सूचना बोर्ड सञ्चालनमा ल्याइएको जिविसले जनाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment