गोल्डेन न्यूज संवाददाता
रेडियो जननीले दोस्रो जननी तीज विशेष हस्तकला व्यापार मेला–२०७२ पोखरामा गर्ने भएको छ । मेला भाद्र २१, २२, र २३ गते पोखरा सभागृहमा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा रेडियो जननीकी अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन । प्राकृतिक विपत्तिमा पनि उद्यमशीलता मर्न सक्दैन भन्ने सन्देश प्रवाह गर्ने, हस्तकला लगायत अन्य निर्यातमूलक उद्योगबाट उत्पादित सामानहरुको बजार प्रवद्र्धन गर्ने, मौलिक संस्कृतिको जर्गेना गर्नुपर्दछ भन्ने सन्देश सँगसँगै नेपाली कला र संस्कृतिको जीवन्त प्रर्दशन गर्ने र उद्यमशीलतामा महिलाहरुको गुणात्मक सहभागिता बढाउने उदेश्यले मेला गर्न लागिएको भट्टराईले बताइन ।
भट्टराईले महिलाहरुको महान पर्व हरितालिका तीजलाई नाच्ने गाउने पर्वको रुपमा मात्र नभई महिलाहरुलाई उद्यमी बनाउनका लागि प्रेरणा जगाउने उद्देश्यले पोखराका २८ वटै वडामा जननी जागरण अभियान” कार्यक्रम संचालन भईरहेको बताइन । रेडियोकी स्टेशन म्यानेजर बिमला भण्डारीले रेडियोले गदै आएको कार्यलाई निरन्तर दिनका लागि मेला गरिएको बताउँदै मेलामा अत्याधिक महिला दिदि बहिनीको सहभागिता हुने आफूहरुको अपेक्षा रहेको बताइन । भण्डारीले मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामाग्री, तीज विशेष श्रंगारका सामाग्री लगायतका ५० वटा भन्दा बढी स्टल रहने जानकारी दिइन । रेडियो जननीका संस्थापक सदस्य एवं कोषाध्यक्ष अरुण शेरचनले यस मेलाले महिलाहरुलाई उद्यमशीलतामा अगाडि बढ्न पे्ररणा मिल्ने बताइन । दोस्रो जननी तीज विशेष हस्तकला व्यापार मेला २०७२ को आकर्षणमा, प्राकृतिक विपत्तीमा उद्यमशीलता विषयक तीज गित प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, ज्योति कात्ने प्रतियोगिता, हस्तकला सम्बन्धी सामाग्री र तीज विशेष सामाग्रीहरुको बिक्री तथा प्रदर्शनी, राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुतिको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समाबेश गरिने भएको छ । तीजगीत तर्फ प्रथम पुरस्कार २० हजार, द्वित्तीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार, टपरी गाँस्ने प्रतियोगिता तर्फ प्रथम पुरस्कार ३ हजार, द्वित्तीय पुरस्कार २ हजार र तृतीय पुरस्कार १५००, ज्योति कात्ने प्रतियोगिता तर्फ प्रथम पुरस्कार ३ हजार, द्वित्तीय पुरस्कार २ हजार र तृतीय पुरस्कार १५,०० रहेका छन् । कार्यक्रम सम्पन्न गर्न रेडियो जननीकी अध्यक्ष हिरा भट्टराईको अध्यक्षता र रेडियो स्टेशन म्यानेजर बिमला भण्डारीको संयोजकत्वमा बिभिन्न उपसमिति गठन भएको छ । संचार संयोजकमा नरमाया रसाईली, अर्थ संयोजकमा अनिषा श्रेष्ठ, समूह परिचालन संयोजकमा रुपा अधिकारी ,ब्यानर व्यवस्थापन संयोजकमा गंगा मरासिनी, साँस्कृतिक समिति संयोजकमा रिमा शाही, अतिथि सत्कार संयोजकमा जमुना शर्मा बर्षा, मञ्च एवं जलपान व्यवस्थापनमा सुनिता सुनार, प्रचार–प्रसार संयोजकमा मिना राना रहेका छन् ।

Post a Comment