0
गोल्डेन न्यूज संवाददाता
पोखराको मासबारमा रहेको लिटिल स्टेप उच्च माविले आयोजना गर्दै आइहेको अण्डर १२ अन्तर्गतको छात्रा–छात्र हेण्डवल प्रतियोगीतालाई यो वर्षपनि निरन्तरता दिने भएको छ । पोखरामा रहेका विभिन्न विद्यालयमा अध्ययनरत १२ वर्ष मुनिका विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट एक आपसमा भाइचारा सम्बन्ध कायम गर्र्दै हेण्डवल खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी भदौ ११ देखि १४ गतेसम्म प्रतियोगीताको आयोजना गर्न लागिएको विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै लिटिल स्टेप उच्च माविका संस्थापक शेर वहादुर गुरुङले साना साना विद्यार्थी भाइवहिनीहरुलाई खेलकूदमार्फत आपसी भाइचारा सम्बन्ध कायम गर्दै निजी स्तरबाट खेलकुदको विकासमा टेवा पु¥याउनका लागि विगत ५ वर्षदेखि आफूहरुले अण्डर १२ हेण्डवल टुर्नामेन्टको आयोजना गर्दै आइरहेको र यस वर्षपनि निरन्तरता दिइएको बताए ।
 त्यसैगरी विद्यालयका प्राचार्य पम्फा गुरुङले  खेलकुदको माध्यमबाट प्रतियोगीतालाई निरन्तरता दिदै निजी स्तरबाटै विद्यालयस्तरको खेलकुदलाई राष्ट्रव्यापी रुपमा खेलकुदको आयोजना गर्नका लागि यस्ता,  प्रतियोगीताले सहयोग पुग्ने भएकाले पोखरामा रहेका विद्यालयहरुलाई समावेश गरी प्रतियोगीताको आयोजना गर्न लागेको बताइन   । प्रतियोगीतामा सहभागी मध्ये प्रथम हुने टिमलाई ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय र तृतीय हुने टिमलाई क्रमश.. ५ हजार तीन हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक बिनोद गिरीले जानकारी दिए । त्यसैगरी वेष्ट प्लेयर, हाइ स्कोरर, फेयर प्लेलाई समेत जनही १ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने समेत गिरीले जानकारी दिए । प्रतियोगीतामा १७ भन्दा वढी विद्यालयले सहभागीता जनाउने आयोजकले जनाएकोे छ ।

Post a Comment

 
Top