गोल्डेन न्यूज संवाददाता
पोखरामा नाटकघर निर्माण सहयोगार्थ पत्रकार तथा कवि रविन्द्र मिश्रले टिकटमा कविता सुनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा कविता सुनाईरहँदा रविन्द्रले हलमा भरिउका खचाखच दर्शकहरुको वाहवाही पाए । पछिल्लोपटक ‘रविन्द्र मिश्रका कविता’ नामको कविता संग्रह बजारमा ल्याएका कवि पत्रकार मिश्रले त्यसमा समावेश र केहि फुटकर कविताहरु सुनाएका थिए । परोपकार, मातृतव, प्रेम, समाज, राजनीति र जीवनशैलीसँग सम्बन्धित करिब दुई दर्जन कविताहरु उनले शनिबार साँझ सुनाए । कविता सुनाउँदै गर्दा रविन्द्र आफ्नो बाल्यकालमा पनि फर्किए । बाल्यकालमा आमाले दिएको न्यानो मायाको वखान गरे । हजुरआमाले सिकाएको परोपकारको बारेमा चर्चा गरे । त्यस्तै आफ्नै अर्धाङ्गिनीलाई पनि कवितामार्फत नै उनले प्रेम दर्शाए भने आफ्ना छोराछोरीलाई उज्जवल भविष्य बनाउन कविताबाटै सम्झाए । त्यो सँगै आफ्नै पेशा पत्रकारिताको कुरा पनि उनले कविताबाटै गरे । रविन्द्रले कवितामै देशको चर्चा गरे । देशले भोगेको पीडा बोले । नेपालको फोहोरी राजनीति अनि नेताहरुको व्यवहारको भण्डाफोर गरे । युवा जनशक्ति बाध्यताले विदेशिनुपरेको यथार्थ कविताबाटै बोले । सँगै त्यसकै कारणले नेपालमा पर्ने प्रभावलाई प्रस्ट्याए । यी सबैखाले कविताहरु सुनिरहँदा उपस्थित दर्शक÷स्रोताहरु कतिपटक मज्जाले हाँस्थे त कतिपटक गम्भीर बन्थे । कार्यक्रम सकिईसकेपछि उपस्थित सबैले रविन्द्र मिश्रका कवितामा ‘मज्जा’ लिएको बताउँदै कार्यक्रम उत्कृष्ट भएको प्रतिक्रिया दिए । मिश्रको कविता वाचनमा पोखरामा साहित्यकार मन क्षेत्रीले सघाएका थिए भने कार्यक्रम संयोजक एवं पत्रकार केशव शरण लामिछानेले मिश्रको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । रविन्द्रलाई टिकटमा कविता वाचन गर्ने माहौल भने ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालले जुराएको थियो । कविता वाचन कार्यक्रमबाट उठेको सम्पूर्ण रकम सोसाईटीले यूथ क्रियशन थिएटरको अगुवाईमा निर्माण भैरहेको नाटकघरको लागि सहयोग गरेको छ । टिकट विक्रीबाट उठेको ५० हजार रुपैयाँ नाटकघर निर्माणको लागि सोसाईटीले कार्यक्रमस्थलमै प्रदान ग¥यो । ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष गनेस पौडेल, सँस्कृतिकर्मी तीर्थ श्रेष्ठ र रविन्द्र मिश्रले यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्मालाई चेक हस्तान्तरण गरेका थिए । त्यस्तै रविन्द्र मिश्रको ‘परोपकारी कविता वाचन’ कार्यक्रममै युवा व्यवसायी युवराज खतिवडाले नाटकघर निर्माणको लागि १ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्मालाई उनले सो रकम बराबरको चेक कार्यक्रममै हस्तान्तरण गरे । यतिबेला यूथ क्रियशन थिएटरले पोखराको नागढुंगामा नाटक घर निर्माण गरिरहेको छ । नाटकघर निर्माणको लागि २० लाख रुपैयाँ खर्च लाग्ने यूथ क्रियशन थिएटरले जनाएको छ । यसअगाडि विग एफएमले नाटकघर निर्माणको लागि ५० हजार रुपैयाँ प्रदान गरिसकेको छ ।
Home
»
कला-साहित्य
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
» नाटक घरका लागि पोखरामा गुञ्जिए रविन्द्र मिश्र
Subscribe to:
Post Comments (Atom)
Post a Comment