गोल्डेन न्यूज संवाददाता
माछापुच्छ«े बैंकले कर्मचारी निष्कासन गरेको विरुद्धमा ट्रेड युनियनकर्मीहरुले माछापुच्छ«े बैंकको दमौली शाखामा शुक्रबार तालाबन्दी गरिदिएका छन् । नेपाल वित्तिय कर्मचारी संघ तनहुँका अध्यक्ष सुदर्शन गोदारको नेतृत्वमा गएको ट्रेड युनियनकर्मीहरुको टोलीले माछापुचछ«े बैकमा तालाबन्दी गरिदिएको थियो । माछापुच्छ«े बैकमा टे«ड युनियन दर्ता गर्न पाउनु पर्ने माग राखेका दमौली शाखाका जुनियर अफिसरद्वय गणेशराज जोशी र सुरेन्द्र श्रेष्ठलाई बैक व्यवस्थापनले निश्कासन गरेपछि त्यसको विरुद्धमा ट्रेड यूनियनकर्मीहरु बैकको दमौली शाखामा तालाबन्दी गरिदिएका हुन । ट्रेड युनियन दर्ता गर्न पाउनु पर्ने माग राख्दै आएका अन्य ४ जना कर्मचारीलाई समेत व्यवस्थापन निष्कासन गरेको छ । निष्कासित मध्ये जोशी माछापुच्छ«े बैंकमा करिब १५ बर्ष र श्रेष्ठ १० बर्षदेखि कार्यरत रहेका थिए । त्यस्तै ट्रेड युनियन दर्ता गर्न पाउनुपर्ने माग राख्दै आएका कर्मचारीहरुलाई समेत बैकले सरुवा गरेको छ । ट्रेड युनियन दर्ता गर्न पाउनु पर्ने माग राख्दा कर्मचारीहरुलाई निश्कासन गर्नु सरासर अन्यायपूर्ण भएको नेपाल ट्रेड युनियन काग्रेस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खले बताउँछन् । निश्कासित कर्मचारीहरुलाई पुनःवहाली नगरिए सम्म आन्दोलन नरोकिने हड्खलेको भनाई रहेको छ । यसैबीच नेपाल टे«ड युनियन काँग्रेसले माछापुच्छ्रे बैंकमा भएको घटनालाई लिएर दुःख ब्यक्त गरेको छ । श्रम ऐन र ट्रेड युनियन ऐनले दिएको अधिकारलाई बैंक व्यवस्थापन समितिले वेवास्ता गरेकोमा दुःख व्यक्त गरेको हो । नेपाल ट्रेड युनियन काँग्रेस राष्टिूय समितिका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले एक विज्ञप्ति जारी गर्दै अन्तरिम संविधानले समेत दिएको मौलिक अधिकारलाई संरक्षण गर्न आफू लागिपरेको बताउँदै कर्मचारीहरुलाई धैर्य गर्न आग्रह गरेका छन् । ट्रेड युनियन काँग्रेस जस्तोसुकै चुनौति पार गर्न तयार भएको बताउँदै अवकास दिईएका कर्मचारी र युनियन गठनकै सवालमा सरुवा गरिएका कर्मचारीलाई तुरुन्त बहाली गर्न व्यवस्थापनलाई अनुरोध समेत गरेका छन् । माछापुच्छे्र बैंक कर्मचारी संघ गठन गर्दा मजदुरका हितमा रहेकाले नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष मुरारी शर्मा, नेपाल टूेड युनियन काँग्रेस जिल्ला अध्यक्ष कुलदेवी बराल, वित्तिय संस्था कर्मचारी संघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले विज्ञप्ति जारी गर्दैै देशभरका ५७ वटा शाखा र बैंकमा रहेका करिव ६ सय कर्मचारीहरुलाई एक हुन आग्रह गरेका छन् । व्यवस्थापनले ‘फुटाउ र शासन गर’ भन्ने मान्यता अनुरुप चल्ने हुँदा सम्पूर्ण कर्मचारीको जिम्मा लिन नेपाल टूेड युनियन काँग्रेस तयार रहेको टूेड युनियन काँग्रेस कास्की जिल्ला सचिव केशवराज भट्टराईले जानकारी दिएका छन् । मजदुरको हकहित र संरक्षमा काँग्रेस सधै लागिपर्ने बताउँदै विश्व व्यापी मान्यताका आधारमा समेत बैंकमा रहेका मजदुरहरुले युनियन स्थापना गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ । ट्रेड युनियन काँग्रेस जिल्ला समिति कास्कीले आफ्नो मातहतमा रहेका १५ वटा संघहरुलाई सहयोग गर्न समेत आह्वान गरेको छ ।
Post a Comment