सामाजिक अध्ययन मञ्च कास्कीले सामाजिक विषयसँग सम्बन्धित सरकारी एवं गैरसरकारी संघ सस्थाहरु र कार्य समितिका सदस्य एवं सल्लाहकारहरु बीच एक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेकोे छ । मञ्चका अध्यक्ष भीम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यले ज्ञानको क्षेत्र फराकिलो बनाउन समाजिक अध्ययनका समस्यामा केन्द्रित रही सल्लाह सुझाव परामर्शका क्षेत्रमा मात्र नभई प्रश्नपत्र निर्माण उत्तर पुस्तिका परीक्षण र जागरणका क्षेत्रमा जिल्ला शिक्षा कार्यालयसँग सहकार्य हुन सक्ने बताए । सहायक क्षेत्रीय शिक्षा निर्देशक हुकुमसिह गुरुङ्गले पाठ्यक्रमले निर्दिष्ट गरेका लक्ष्य विद्यार्थीसम्म पु¥याउने क्रममा निर्देशनालयले सहकार्य गर्ने बताए । कार्यक्रममा वोल्दै राष्ट्रिय मानवअधिकार अयोगकी क्षेत्रीय निर्देशक सम्झना आचार्यले अनौपचारिक शिक्षा मार्फत वहस र छलफलमा सहकार्य गर्न सकिने बताइन । पोखरा उपमहानगर पालिकाका वरिष्ठ अधिकृत ओमराज पौेडेलले नगरपालिकाका सामाजिक कार्यक्रममा सहकार्य गर्न सकिने उल्लेख गरे । यस्तै जिल्ला निर्वाचन अधिकारी हरिषचन्द्र घिमिरेले निर्वाचन प्रर्णालीमा सहकार्य गर्न सकिने विचार राखे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पैरवी अधिकृत भक्तराज रसाईली, कन्या क्याम्पसका प्रमुख सुरेस मानन्धर, शैक्षिक तालिम केन्द्रका प्रशिक्षक विदुरहरि आचार्य, इन्सेक क्षेत्रीय कार्यलयका टंक खनाल, प्याब्सन अध्यक्ष चिनु रानाभाट, एन प्याब्सन अध्यक्ष राम वहादुर मोचि, युप्सिका शान्त वहादुर गुरुङ्ग लगायतले आ–आफ्नो भनाइ राखेको मञ्चका आजिवन सदस्य विष्णुहरि पौेडलले जानकारी दिए । मञ्चका उपाध्यक्ष टेकनाथ पौेडेलले स्वागत र सचिव घनश्याम ओझले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङ्ग, सल्लाहकारहरु राधाकृष्ण लामिछाने, नवराज पौेडेल, रविभक्त बरालले पनि बोलेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment