0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ ११ देखि १४ गतेसम्म पोखरा ररङ्गशालामा १४औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्र बहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा डबल युगल, छात्र एकल, र छात्र एकलका विजेता र उत्कृष्ट खेलाडी एक जना गरी तीन जनालाई एक–एक थान स्पोर्टस् साइकल पुरस्कार सङ्घको आन्तरिक स्रोतबाट जुटाउने कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न दुई लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न सङ्घका सल्लाहकार पुनर कुँवरको संयोजकत्वमा ७३ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ । जसअनुसार सङ्घका सह–सचिव दुर्गाप्रसाद जोजिजूको संयोजकत्वमा सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ, सन्जोग गुरुङ, मनोज श्रेष्ठ, खेमनारायण खनाल र डा. विष्णु चापागाई सदस्य रहेको प्रचार–प्रसार उपसमिति, दुर्गा जोजिजूकै संयोजकत्वमा बलभद्र नकर्मी, मीन गुरुङ, फणिन्द्र तिमिल्सिेना, शम्भु श्रेष्ठ र प्रदीप थापा सदस्य रहेको साउण्ड सिस्टम उपसमिति, कोषाध्यक्ष इन्द्रबहादुर गुरुङको संयोजकत्वमा खेम गुरुङ, रुद्र घले, सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ, श्यामकृष्ण श्रेष्ठ र मोहनबाबु खड्का सदस्य रहेको आर्थिक व्यवस्थापन, सदस्य डा. विष्णु चापागाईको संयोजकत्वमा खगेश्वर काफ्ले, विजय शर्मा, क्या. भूपालसिंह गुरुङ र आशिष शेरचन सदस्य रहेको स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरिउको छ ।
यस्तै प्रथम उपाध्यक्ष रुद्र घलेको संयोजकत्वमा बलभद्र नकर्मी, सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ र दुर्गाप्रसाद जोजिजू सदस्य रहेको उद्घाटन तथा समापन व्यवस्थापन उपसमिति, सदस्य सन्जोग गुरुङको संयोजकत्वमा नरबहादुर गुरुङ, खेमनारायण खनाल, फणिन्द्र तिमिल्सिेना र वीरबहादुर आले सदस्य रहेको कार्यालय व्यवस्थापन उपसमिति, सदस्य मनोजकुमार श्रेष्ठको संयोजकत्वमा बलभद्र नकर्मी, सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ र प्रतिभा गुरुङ सदस्य रहेको पुरस्कार व्यवस्थापन, उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठको संयोजकत्वमा रुद्र घले, बलभद्र नकर्मी, नरबहादुर गुरुङ र दुर्गाप्रसाद जोजिजू सदस्य रहेको टेक्निकल कमिटी गठन गरिएको छ ।
सल्लाहकार क्या. भूपालसिंह गुरुङको संयोजकत्वमा मनोजकुमार श्रेष्ठ, प्रदीप थापा, राजेन्द्र गुरुङ र वीरबहादुर आले सदस्य रहेको व्यानर व्यवस्थापन र रंगरोगन, निवर्तमान अध्यक्ष खेम गुरुङको संयोजकत्वमा बलभद्र नकर्मी, सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ र बाबुराम पन्त रहेको अतिथि सत्कार, प्रतिभा गुरुङको संयोजकत्वमा रामप्रसाद ध्वजू, भूपाल गुरुङ, श्यामकृष्ण श्रेष्ठ, खेमनारायण खनाल, यमकुमारी गुरुङ र बुद्धिमान गुरुङ सदस्य रहेको जलपान व्यवस्थापन उपसमिति गठन गरिएको छ । १४औं संस्करणसम्म आइपुग्दा सङ्घले जिल्लाको खेलकुद विकासमा छुट्टै पहिचान बनाउन सफल भएको छ । सङ्घले हालसम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी कास्की जिल्लाकै शान बढाउन सफल भएको अध्यक्ष गुरुङले दाबी गरे । दक्षिण कोरियामा भएको १७ औं एशियन गेममा पुनम गुरुङले राष्ट्रिय ब्याडमिन्टन टीमबाट प्रतिनिधित्व गरेकी थिइन् भने गत वर्ष कास्की वर्ष खेलाडी–२०७१ बाट सम्मानित भएकी थिइन् ।

Post a Comment

 
Top