गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्कीले पार्टी सम्बद्ध कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको आईतबार वसेको बैठक पछि कास्कीका सभापति यज्ञबहादुर थापाले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका निष्ठावान, संघर्षशील, लोकप्रिय नेता रामजी पौडेल (बादल)को हत्या पछि यस दुःखद्, शोकाकुल र पीडादायी परिस्थितिमा सिङ्गो नेपाली कांग्रेस र कांग्रेसको एकतालाई कमजोर तुल्याउने गरी सार्वजनिक भएका अतिरञ्जित, भ्रामक र कपोलकल्पित प्रचारवाजीबाट सम्पूर्ण पार्टी सम्वद्ध साथीहरुलाई भ्रमित र विचलित नभई सदाझैं एकतावद्ध भई दृढतापूर्वक उभिन आग्रह गरिएको छ । विज्ञप्तिमा स्वर्गीय बादलको हत्यामा संलग्न भई फरार अभियुक्तहरुको गिरफ्तारीमा भएको ढिलाईप्रति पार्टी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सन्दर्भमा यसभन्दा अगाडि पनि पटक–पटक औपचारिक, अनौपचारिक बैठक बसी पार्टीले आधिकारीक धारण सार्वजनिक गरेको सर्वविदितै छ विज्ञप्तिमा भनिएको छ– फरार अभियुक्तहरुलाई शीघ्रातिशीघ्र गिरफ्तार गरी कानुनको कठघरामा ल्याउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछु ।
Post a Comment