पोखराको चिप्लेढुङ्गा, मानव अधिकारचोकमा रहेको एनएमबी बैंकको पोखरा शाखा कार्यालय पोखराको न्यूरोडमा स्थानान्तरण गरेको छ । पोखरा–९, विपिचोक नजिकै न्यूरोडमा स्थानान्तरण गरिएको शाखाबाट आइतबारदेखि कारोबार शुरु भएको छ । शाखा स्थानान्तरण संगै बैंकका अध्यक्ष पवन कुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल सहितको टोलीले शाखाको स्थलगत अवलोकन गरेका थिए । चिप्लेढुङ्गाको तुलनामा न्यूरोडको शाखाबाट ग्राहक तथा सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज हुने जानकारी बैंकका शाखा प्रवन्धक रविन्द्र गुरुङले गोल्डेन न्यूज दैनिकलाई दिए । बैंकले १९ वर्षदेखि नविनत्तम तथा व्यक्तिगत सेवा सुविधाहरुबाट निरन्तर आफ्नो ग्राहकलाई सेवा सुविधा दिंदै आएको छ । हाल २९ शाखा ४ एक्सटेन्सन काउन्टर तथा ३७ वटा एटिएम लगायत अन्य माध्यम मार्फत आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment