जेष्ठ नगरिकमा लाग्ने बिर्सने रोगको बिषयमा पोखरामा बुधबार तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा १२ माटेपानीमा रहेको आनन्दित गृह नेपालको आयोजनामा डाक्टर वाईफ यसोसियसन (डी डब्लु ए) मा आवद्ध करिब ४० जना सहभागीलाई जेष्ठ नगरिकमा लाग्ने बिर्सने रोग यसले परेको आसर र समस्या समधानको बिषयमा तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर यज्ञमान शाक्यले जानकारी दिए । तालिममा बरिष्ठ हाड जोर्नी रोग बिशेषज्ञ डाक्टर यज्ञमान शाक्य ,मानसिक रोग बिशेषज्ञ डाक्टर लिपा बैध्य र संस्थाका सचिब रोमा राउत शाक्यले सहजिकरण गरेका थिए । यस भन्दा पहिला पनि जेष्ठ नागरिकको स्यार गर्दै आएका माटेपानी ओरपरका गृहेणीलाई यस्तै तालिम प्रदान गरिएको संस्थाले जनाएको छ । छिट्टै नै आनन्दित गृह नेपालले लायन्स कल्वमा आवद्धहरुलाई पनि तालिम प्रदान गर्ने लक्ष्य राखेको अध्यक्ष शाक्यले जानकारी दिए । आनन्दित गृह नेपालका अध्यक्ष शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रोमा राउत शाक्यले गरेकी थिइन । आनन्दित गृह नेपालमा अहिले ४ जना जेष्ठ नागरिकले सेवा लिई रहेको संस्थाले जनाएको छ । युवायुवतीहरु बिदेशिने क्रम र नेपालमै रहे पनि जागिर खाने प्रचलनले गर्दा घरमा रहेका जेष्ठ नगरिकहरुले उचित स्याहार सुसार पाउन नसकेको भन्दै डाक्टर यज्ञमान शाक्य र उनको श्रीमती रोमा रावत शाक्यको पहलमा उक्त गृहको स्थापना गरिएको हो ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा
»
स्वास्थ्य-जीवनशैली
» बिर्सने रोग बारे पोखरामा अन्तक्र्रिया
Subscribe to:
Post Comments (Atom)
Post a Comment