0

गोल्डेन न्यूज संवाददाता
सिटी रेवान पोखराले आयोजना गर्ने ‘चौथो सिटी रेवान दशंै महोत्सव तथा फुड फेस्टिवल’ असोजको अन्तिम साता हुने भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि असोज २२ देखि कात्तिक २ गतेसम्म पोखरा रङ्गशालामा महोत्सव आयोजना हुने जानकारी दिए । महोत्सवमा दशैंका लागि आवश्यक पर्ने उपभोग्य बस्तुहरु राखिने सिटी रेवान पोखराका अध्यक्ष तथा मूल आयोजनक समितिका संयोजक केपी शर्माले जानकारी दिए । उनले दशैंका लागि आवश्यक पर्ने नयाँ नोटदेखि खाद्यन्न, लत्ता कपडा, खसी, च्याङ्गा सबै पाइने बताए । उनले भने–“सर्वसाधारणलाई दशैंका लागि आवश्यक सबै किन मेलका सामाग्री राख्ने छांै । महोत्सवका आकर्षणका रुपमा लोक दोहोरी गीत प्रतियोगिता, ढिंडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय कलाकारद्वारा दैनिक प्रस्तुति, हाँस्य कलाकारहरुको प्रस्तुति, गृहिणी महिला नृत्य प्रतियाृगिता, रत्योली गीत प्रतियोतिगा, सिटी रेवान तारा बाल नृत्य प्रतियोगिता, बाल उद्यान, कृषि प्रर्दशनी लगाएतका रहेको शर्माले जानकारी दिए । शर्माले महोत्सवमा भारतबाट आएका कलाकारहरुले भोजपुरी नृत्य, विहारी नृत्य र हिन्दी नृत्य प्रस्तुत गर्ने बताए । महोत्सवमा १ सय ८० वटा स्टल रहने सिटी रेवानका महासचिव तथा महोत्सवका प्रचार–प्रसार संयोजक दीपक तिमिल्सिनाले जानकारी दिए । कृषि प्रदर्शनीलाई प्राथमिकता दिइने महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन, बाल उद्यान, रेष्टुराँ, फेन्सी लगायतका स्टलहरु राखिनेछन् । ‘महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेडोज सांगीतिक प्रस्तुति रहनेछ,’ उनले भने,–‘दर्शकलाई भरपुर मनोरञ्जन दिने हाम्रो लक्ष्य छ । उनले महोत्सव व्यवसाय प्रयोजनका लागि १ सय ५०, रेष्टुरेण्ट १०, कृषि २०, गरि १८० वटा स्टल रहने बताए । उनले दशंै अगाडि हुने महोत्सव भएकाले सर्वसाधारणलाई दशैंमा आवश्यक पर्ने सामाग्रीहरु स्टलमा राखिने बताए । महोत्सवमा कोदोका परिकार, भुटेका मकै, भैसी मेला लगायतका नेपाली स्थानीय उत्पादनहरु समेत पाइने छ । महोत्सवको तयारी गर्नका लागि सिटी रेवानका अध्यक्ष केपी शर्माको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । महोत्सव सफल पार्न प्रचार प्रसार उप–समितिमा दिपक तिमिल्सिना, आर्थिक संयोजनमा धर्मबन्धु सुबेदी, अतिथि, स्वागत सत्सकारमा पिताम्बर शर्मा, लोकदोहोरी तथा सांस्कृतिकमा जीवन दाहाल, सुगम संगीतमा जीवन गुरुङ, खाना तथा होटल व्यवस्थापनमा दिपक नेपाल, बजार व्यवस्थापनमा निशा पन्थी, पार्किङ्ग तथा यातायातमा रामप्रसाद ज्ञवाली, ¥याली तथा झाँकी व्यवस्थापनमा नेत्र ढकाल, स्वास्थ्य तथा सरसफाईमा सागर लुइटेल, सुरक्षामा यामबहादुर गुरुङ, स्टल व्यवस्थापनमा केशव घिमिरे, टिकट व्यवस्थापनमा दिलिप क्षेत्री, स्टेज व्यवस्थापनमा तुलसा क्षेत्री, बालउद्यानमा कमल सापकोटा र अनुगमनमा चिरञ्जिवी श्रेष्ठ र जगन्नाथ ढकालको संयोजकत्वमा उपसमिति गठन भएको अध्यक्ष शर्माले जानकारी दिए । भूकम्प पछि नकारात्मक असर परेको पर्यटन व्यवसायको पुनरुत्थानमा पनि महोत्सवले सहयोग पु¥याउने आयोजकको विश्वास छ । ‘महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने हाम्रो विश्वास छ,’ प्रचार–प्रसार संयोजक तिमिल्सिनाले भने,–‘गत वर्ष भन्दा यस वर्ष दर्शकलाई फरक अनुभूति हुने गरी महोत्सव सञ्चालन गर्न गइरहेका छौं ।’ महोत्सवको प्रति टिकट २ रुपैयाँ भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए ।


Post a Comment

 
Top