पोखराको रेडियो जननीको आयोजना र टोल विकास संस्था समन्वय समितिको वडा नं. ३ को सहकार्यमा जननी जागरण अभियान २०७२ अन्तर्गतको उद्यमशीलताका लागि उत्प्रेरणामूलक तालिम शनिवार पोखरा उपमहानगरपालिका वडा नं ३ मा सम्पन्न भएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा उपमहानगरपालिका प्रशासन प्रमुख अनन्त प्रसाद कोइरालाले समाजमा महिलाहरु चुल्लो चौकामा मात्र सीमित रहेका महिलाहरु लाई उद्यमशीलतामा लगाउन सकेमा महिलाहरुको स्तर वृद्धि हुने बताए । कार्यक्रममा पद्यमावती हस्तकला उद्योगका संचालक तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले आर्थिक समवृद्धि आजको आवश्यकता भन्ने उदेश्यका साथ यो कार्यक्रम ल्याएको बताइन । रेडियो जननीका संस्थापक सदस्य तथा कोषाध्यक्ष अरुणा शेरचन, ज्ञान मार्ग स्वतन्त्र महिला समूहकी अध्यक्ष भोजमाया उदास, महिला मिलन आमा समूहकी अध्यक्ष गीता कुवँर, महिला समन्वय समितिका अध्यक्ष सरस्वती ताम्राकार, वडा नं. ३ की वडा सचिव सविता बाँस्तोला लगायतले आर्यआर्जनमा महिलाहरुलाई लाग्नको लागि उत्प्रेरणा जगाउन तालिम प्रभावकारी भएको बताएका थिए । रेडियोका स्टेशन म्यानेजर विमला भण्डारीले आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन र सञ्चालन गरिरहेको व्यवसायलाई संचारमाध्यमबाट उजागर गर्नका लागि चाहिने आधारहरुका बारेमा सहजीकरण र प्रशिक्षक जमुना वर्षा शर्माले आर्थिक अधिकारका बारेमा प्रशिक्षण दिएकी थिइन । तालिमका डा. गिरधारी शर्माले महिलाहरुमा लाग्ने रोग र त्यसबाट बच्न अपनाउनुपर्ने सचेतना बारे जानकारी गराएकी थिइन ।
Home
»
उद्योग-ब्यापार
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
» उद्यमशीलताका लागि उत्प्रेरणामूलक तालिम सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Post a Comment