गोल्डेन न्यूज संवाददाता
बलिउड डान्सर ‘स्लो मोशन किंग’ राघव जुवाल (क्रकरोज) पोखरा आईपुगेका छन् । पाँच गने पोखरा प्रदर्शनी केन्द्रमा हुने कार्यक्रम ‘डिष्ट्रिक्ट डान्स कम्पेटिसन’मा प्रस्तुति दिनका लागि उनी पोखरा आएका हुन् । आयोजक संस्था एमनुज डान्स स्कुलले विहीबार राघवलाई पत्रकारहरु माझ उपस्थित गराएको थियो । पत्रकार सम्मेलनमा बोल्दै राघवले आफुलाई संसारकै मन पर्ने ठाऊँ पोखरा भएकोले यहाँ हुने कार्यक्रममा प्रस्तुति दिन पाउँदा निकै उत्साहित भएको बताए । ‘मलाई निकै खुशि लागेको छ । र, मलाई मन पर्ने नेपालको यो पर्यटकिय शहरमा कार्यक्रम गर्नको लागि म पुरै तम्तयार छु ।’ यो भन्दा अगाडि पोखरा ३ चोटीसम्म आएपनि निकै व्यक्तिगत रुपमा आएको उनले बताए । नेपाल आउँदा पोखरा आउन कहिल्यै नछुटाउने राघवले यहाँको सुन्दरताले साह्रै लोभ्याउने गरेको सुनाए । डान्स ईन्डिया डान्स सुपरस्टार राघवले भने–‘मेरो सोँच थियो यो सुन्दर शहरमा यहाँका मानिसहरु बीच मेरो प्रस्तुति देखाउन र आज यो संयोग जुरेको छ । संसारका धेरै ठाऊँमा प्रस्तुति देखाईसकेपनि पोखरामा हुने शो विशेष रुपमा लिएको छु ।’ उनले पाँच गते पोखरा प्रदर्शनी केन्द्रमा हुने कार्यक्रममा आउन सबै पोखरेलीलाई आग्रह समेत गरेका छन् । स्लो मोशन किंगको रुपमा चिनिने राघव जुयाल आफु सबै कुरामा सानै देखि स्लो भएको पत्रकार सम्मेलनको क्रममा सुनाए । उनले भने–‘म पढ्नमा, खानमा, दौडादौड गर्नमा सानै देखि निकै स्लो थिएँ । कुनै बेला स्लो मोशन मेरो कमजोरी थियो । तर अहिले आएर यहि मेरो सबैभन्दा बलियो पक्ष बन्यो ।’ स्लो मोशन डान्स सँगै अरु खाले डान्स पनि आफुले कार्यक्रममा प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा उनले भने । कार्यक्रममा ईन्डियाज डान्सिङ सुपरस्टारका उत्कृष्ट १० फाईनलिस्ट सुशान्त खत्री पनि विशेष आकर्षण रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । त्यस्तै गायिका रजिना रिमाल, कमेडी जोडि दिपकराज गिरी र दिपाश्री निरौलाको प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण रहेका छन् । आयोजक संस्था एम्नुज डान्स स्कुलको विशेष प्रस्तुति पनि कार्यक्रममा रहनेछ ।
Post a Comment