0
गोल्डेन न्यूज संवाददाता
तमू साँस्कृतिक प्रतिष्ठान नेपालको १३आंै साधारणसभा  पोखरामा सम्पन्न भएको छ । गरिब तथा जेहेन्दार तमू विद्यार्थीहरुलाई छात्रवृत्ति तथा नगद पुरस्कार प्रदान गर्नुका साथै उनीहरुलाई शिक्षाउन्मुख बनाउने पवित्र उद्देश्य सहित हरेक वर्ष यस संस्थाले विभिन्न शिक्षामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ । पेल्हू संघका केन्द्रीय अध्यक्ष क्य. रुप बहादुर तमूको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष चिजकाजी तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव श्रीजंग तमूले सचिवको र सह–कोषाध्यक्ष डम्वर तमूले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । विधान संसोधन बारे स्वयं अध्यक्षले संसोधनका बुँदाहरु प्रस्ताव गरी पारित गरेको थियो । कार्यक्रममा नयाँ बनेका आजीवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।
कार्यक्रममा गोर्खा कम्युनिटीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद तमूले १ लाख १ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरे। त्यसैगरी हंगकंगका सफल ब्यवसायी तथा संस्थाका संस्थापक सदस्य अर्जुन तमूले संस्थाको मूल अक्षयकोषमा ५० हजार आर्थिक सहयोग गरे । उक्त रकम उनकी श्रीमती गंगा तमुले अध्यक्षलाई हस्तान्तरण गरेकी थिइन । यस्तै कोषका लागि आजीवन सदस्य लक्ष्मी तमूले २० हजार रुपैयाँ प्रदान गरे । भूकम्पबाट प्रभावित कास्की लामडाँडाका दुई घरको श्रब्यदृष्य हेरेपछि उपस्थित महानुभवबाट सहयोग स्वरुप करीब ८० हजार बराबरको आर्थिक सहयोग तत्काल संकलन भएको थियो । कार्यसमितिका सदस्य हिरा तमूको संयोजकत्वमा जीर्ण ति दुई घरलाई प्रतिष्ठानले नयाँ बनाईदिने योजना अन्तर्गत आर्थिक सहयोग संकलन गर्ने कार्यक्रमलाई अघि सारेको छ । कार्यक्रममा मेजर लक्ष्मी प्रसाद तमू, तेज तमू, रुद्रकुमारी तमू ‘मैना’,जगन तमू क्य. रुप बहादुर तमू श्रीजंग तमू, चिजकाजी तमू आदीले बोलेका थिए ।


Post a Comment

 
Top