0
नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्या योजनामा संलग्न रहेको आशंकामा प्रहरी हिरासतमा रहेका काँग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई रिहाई गर्न माग गरिएको छ । समितिका कार्यवाहक सभापति डम्बरबहादुर थापाले एक विज्ञप्ति जारी घटनाप्रति प्रहरी प्रशासन गम्भीर हुँदै सत्य तथ्य चाँडो वाहिर ल्याई  कानूनी प्रक्रिया पुरा गरि लामिछानेको शीघ्र रिहाई गर्न माग गरिएको छ । ‘एउटा निष्ठावान कार्यकर्ताको हत्याले कास्की काँग्रेसको संगठन, शान्ति र लोकतन्त्र प्रेमी कास्कीका जनता भावविह्ल भएको बखतमा हत्याको खोजीमा सवैतिरबाट सहयोग जुटाउनुपर्ने बेलामा संगठनकै एक जिम्मेवार नेता लामिछानेलाई उत्तेजना र आवेगमा आरोपित गरि प्रहरी हिरासमा राखिएकोमा नगर समिति गहिरो दुःख प्रकट गर्दछ’–विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि रामजी पौडेल बादलको हत्यारालाई खोजी गरि पक्राउ गर्न समेत माग गरेको छ ।

Post a Comment

 
Top