0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ क्षेत्रमा विद्यार्थीको सामाजिक एवम् समग्र संवेगात्मक विकासका लागि विविध शैक्षिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको क्यानभास इन्स्टिच्युटले आफ्नो पहिलो प्रतियोगितात्मक कार्यव्रmम स्वरूप मा.वि.स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । शुव्रmबार संस्थाको सभाहलमा सम्पन्न सो कार्यव्रmममा लेखनाथ र पोखराका विभिन्न विद्यालयको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगितामा न्यु एरा उच्च मा.वि.का सगुन अधिकारी र मौसमी लामिछानेको समूहले प्रथम स्थान प्राप्त गरेको छ । त्यसैगरी ज्ञानज्योति विद्याकुञ्जका मनिता रानाभाट र मनिषा पौडेलको समूह द्वितीय भएको छ भने युनिभर्स बोर्डिङ स्कुलका विवश गुरुङ र विदुर अधिकारीको समूहले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।  नेपाली भाषामा अनेकन विवाद रहे तापनि विद्यार्थीले शुद्ध लेख्नु र बोल्नु अत्यन्त आवश्यक रहेको कार्यव्रmमका प्रमुख अतिथि एवम् निर्णायक पृथ्वीनारायण क्याम्पसका सहायक प्राध्यापक सुरज पौडेलले बताए । साथै सोही अवसरमा उनले नेपाली भाषालाई कसैले संस्कृत जस्तो त कसैले अङ्ग्रेजीजस्तो बनाउन खोजेको तर नेपाली भाषा नेपालीजस्तै हुनुपर्नेमा जोड दिए । यस कार्यमा दत्तचित्त भएर आआफ्नो ठाउँबाट लाग्न सम्पूर्ण उपस्थित शिक्षक–शिक्षिका एवम् विद्यार्थीमा उनले आग्रह समेत गरे । संस्थाले नियमित रूपमा सञ्चालन गर्ने कार्यव्रmममध्ये आगामी १९ गते मा.वि. स्तरीय अङ्ग्रेजी निबन्ध प्रतियोगिता सञ्चालन गरिने संस्थाका सञ्चालक धिरोज थापाले बताए । कार्यव्रmममा विजयी विद्यालय तथा विद्यार्थीलाई ट्रफी एवम् प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो । संस्थाका सञ्चालक सूर्य बाँस्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यव्रmमको सञ्चालन सञ्जिव पौडेलले गरेका थिए ।


Post a Comment

 
Top