गोल्डेन न्यूज संवाददाता
बार्षिक अन्तर विद्यालय अंग्रेजी वादविवाद प्रतियोगिता अन्तर्गत नेपाल भारत मैत्री विद्यालयले पोखरामा अन्तर विद्यालय अंगे्रजी वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । आपm्ना विचारहरु समूहमा ब्यक्त गर्न सक्ने बनाउने उद्देश्यले आयोेजना गरिएको उक्त प्रतियोगिता मोवाईल फोनले हाम्रो समाजमा पर्न गएको नकारात्मक असर र नया किसिमको लतको सुरुवात भएको छ भन्ने वादविवादको विषय रहेको थियो । वादविवाद प्रतियोगिताको निर्णायकमा शिक्षाविद शुधा अलुरकर र मिलन के सी रहेका थिए । निरा पुर्जा पुन र हेमन्तकुमार सिंह नेपाल भारत मैत्री विद्यालयबाट, आहवा ज्ञावली र अनुष्का खांण सेन्टमेरी उच्च मा. वि. बाट, गरीमा सापकोटा, वालोदय उच्च मा.वि. बाट र संदीप दहाल, सैनिक आवासिय उच्च मा. वि. बाट सहभागी भई वक्तृत्वकला प्रस्तुत गरेका थिए । समग्रमा प्रतियोगीताको विजयी ट्र«फी नेपाल भारत मैत्री विद्यालयले प्राप्त गरेकोे थियो भने सेन्टमेरी उच्च मा. वि. र सैनिक आवासिय उच्च मा. वि. ले क्रमस द्वितीय र तृतीय स्थान प्राप्त गरेका थिए । कार्यक्रमका विजेताहरुलाई रीपूदामन मानले पुरस्कार वितरण गरेका थिए भने भारतीय राजदूतावास, काठमाडौंका सैनिक सहचरी कर्नल मनराज सिहं मानले बादविबाद प्रतियोगिताको लागी शिक्षक तथा विद्यार्थीहरुको प्रशंसा गर्दै जवदेखि मोवाइल फोन स्मार्ट फोनमा परिणत भयो तव देखी यस विषयमा वादविवादको आवश्यकता परेको स्पष्ट पारे । आजको यूगमा मोवाईल फोन संचारको उत्तम साधन भएता पनि उपयोगकर्ताको आफ्नो विवेकले यस उपकरणको राम्रो उपयोग गर्न सकिन्छ उनले भने–तर नराम्रो उपयोग गरेमा मोवाइल फोनलाई एउटा कूलतको स्वरुप पनि दिन सकिन्छ । नविन राना र अनुपमा ठकूरीले सञ्चालन गरेको कार्यक्रममा नेपाल भारत मैत्री विद्यालयका प्राचार्य मृतुन्जय सिहंले धन्यवाद ब्यक्त गरेका थिए ।
Post a Comment