0
गोल्डेन न्यूज संवाददाता
विगतका वर्षहरु जस्तै यस वर्ष पनि श्रकृष्ण जन्माष्टमीको अवसरमा पोखरामा श्रीकृष्ण शोभायात्रा तथा जन्माष्टमी महोत्सव हुने भएको छ । सनातन धर्म सेवा समितिको आयोजना र श्रीराम मन्दिर संरक्षण समिति नयाँबजारको सह–आयोजनामा हुने महोत्सबको तयारी सुरु गरिएको छ । जसअन्तर्गत सनातन धर्म सेवा समितिका अध्यक्ष रविन्द्र माकाजुको संयोजकत्वमा १ सय ८ सदस्यीय मूल आयोजक समिति र विभिन्न ११ उपसमिति गठन गरिएको छ । आगामी भदौ १९ गते हुने महोत्सबमा कास्कीका विभिन्न धार्मिक संघसंस्थाको सहभागिता गराउने योजना मूल आयोजक समितिले बनाएको छ । यस वर्षको महोत्सबलाई वरिष्ठ संस्कृतिविद् डा.चिन्तामणि योगीले धार्मिक सभालाई सम्बोधन र प्रवचन दिर्ने कार्यक्रम छ । महोत्सबको दिन बिहान पोखराको सृजनाचोकबाट सुरु हुने शोभायात्रा सृजनाभोक, सभागृह, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हँुदै पुरानो कर कार्यालय नजिकै रहेको श्रीराम मन्दिरमा पुगेर समापन हुनेछ भने धार्मिक सभाको लागि नवप्रभात माविमा व्यवस्था गरिने मूल आयोजक समितिका संयोजक रविन्द्र माकाजुले जानकारी दिए । विगतका वर्षहरु यस वर्षको कार्यक्रम फरक र भव्य हुने उनको भनाई छ । उनले भने–अहिले देशमा धर्मको नाममा देखिएको परिस्थितिले गर्दा य िवर्षको कार्यक्रम विशेष महत्वपूर्ण रहन्छ । माकाजुले श्रकृष्ण जन्माष्टमीको दिन शोभा यात्रा र कृष्णजन्माष्टमीमा सहभागी हुन सबैलाई अनुरोध समेत गरे । साथै यस वर्षको महोत्सबमा कृष्णलीलामा आधारित नृत्यहरु विभिन्न धार्मिक संघसंस्थाले प्रस्तुत गर्नेछन् । देशका ख्यातिप्राप्त भजनगायक रामभक्त जोजिजु, इतु जोजिजु, खेम गुरुङ लगायतका कालाकारको प्रस्तुति रहने छ ।

Post a Comment

 
Top