0
गोल्डेन न्यूज संवाददाता
टोल विकास संस्था समन्वय समिति वडा नं १७ ले लुम्लेको वाढिपहिरो प्रभावित एक विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेको छ । विभिन्न टोल विकास संस्थाद्वारा संकलित रकम ज्ञानोदय प्रावि लुम्लेलाई एक लाख ५ हजार ८२ रुपया हस्तान्तरण  गरिएको हो । साउन १३ गते गएको वाढी र पहिरोको कारण ७ कोठे विद्यालय भवन पूर्ण रुपमा क्षति भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरा वडा नं १७ का कार्यालय सचिव रमेश पौडेल, अध्यक्ष गिता सुवेदी, विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, समन्वय समितिका पदाधिकारी, सदस्यहरु, आमा समुहका सदस्य लगायतको टिमले विद्यालयका प्र.अ सदाखर पौडर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि पौडेलले टोल विकास संस्थाहरुले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । साथै अन्य टोल विकास संस्था तथा आमा समुहहरुले समेत यसको सिको गर्नुपर्नेमा जोड दिए । अध्यक्ष गीता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, टोल विकास संस्था समन्वय समितिका उपाध्यक्ष चुडामणि वराल, मनु खत्री, माधव वराल लगायतले वोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव तारा पौडेलले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राई र अभिभावक संघका अध्यक्ष गौरी प्रसाद सुवेदीले विद्यालयमा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै सहयोग पूर्ण रुपले सदुपयोग गर्ने प्रतिवद्धता जाहेर गरे । उक्त विद्यालय स्थानीय प्रेम वहादुर पुनको कुखुराको खोरका लागि निर्माण गरिएको ट्रष्टमा संचालन गरिएको छ । ४० जना अध्ययनरत रहेको विद्यालयका विद्यार्थीहरु एउटै कोठामा कोचिएर पढ्न वाध्य भएका छन् । विद्यालय निर्माणका लागि पहल भैरहेको र जग्गा किनीएको भएपनि आर्थीक अभावका कारण तत्कान निर्माण गर्न नसकीने विद्यालयका प्रअ वताउछन् । उनले हाल दुई लाख रकम मात्र जम्मा भएका कारण सहयोग गर्न सहयोगी मनहरुलाई अनुरोध गरेका छन् ।

Post a Comment

 
Top