0
पोखराबाट यात्रु लिएर जोमसोम जान लागेको तारा एयरको विमान धावनमार्गमै टायर पंचर भएपछि अबरुद्ध पोखरा विमानस्थल झण्डै दुई घण्टापछि खुलेको छ । विहान सवा ८ बजे उडान भर्ने क्रममा रन वे मै टायर पंचर भएको विमान हटाएपछि १० बजेपछि विमानस्थल सञ्चालनमा आएको हो । चालक दलका तीन सहित १७ यात्रु लिएर जोमसोम जान लागेको तारा एयरको ढल्ब्प्भ् कल साईनको विमान टायर पंचर भएपछि धावन मार्गमै रोकिएको थियो । रन वे मै उड्न लागेको विमान अलपत्र परेपछि दुई घण्टा अन्य विमान सेवा समेत अबरुद्ध भएका थिए । पंचर भएको टायर परिवर्तन गरी विमानलाई रन वे बाट हटाएको र अहिले अन्य विमान सेवा सञ्चालनमा आएको पोखरा विमानस्थल प्रमुख दिपक वरालले बताए । नागरिक उड्ययन कार्यालय पोखराका अनुसार अबतरणको क्रममा रन वे मा चरा देखेपछि एक्कासी ब्रेक लगाउदा टायर पंचर भएको थियो ।




Post a Comment

 
Top