हामीले खाने मासु आफैँमा स्वस्थ भएन भने विभिन्न रोग लाग्न सक्छन् । मासु विभिन्न कारणले अस्वस्थ हुन सक्छ । उचित तरिकाले नपकाउँदा वा सुरक्षित र व्यवस्थित ढंगले नराख्दा पनि मासु बिग्रन सक्छ । विभिन्न जीवाणु, विषाणुले मासु कुहिन सक्छ । सफा र स्वच्छ वातावरणमा पशुवध गरिएन र तयार मासुलाई सही ढंगले राखिएन भने कुहिन, बिग्रन सक्छ । मासु काट्ने औजार, वधस्थल, मासु काट्ने मानिस पनि सफा हुनुपर्छ । मासुलाई लामै समयसम्म पनि सुरक्षित रूपमा सञ्चय गर्न सकिन्छ । तर, अनन्तकालका लागि भने होइन ।
मासुमा हुन सक्ने संक्रमण
रोगी पशुका मासु खानाले मानिसमा एनथ्राक्स, क्षयरोग, ब्रुसेलोसिस, सालमोनेलोसिस, लिस्ट्रियोसिस, ट्राइकोनोसिस, टिनिएसिस, नाम्ले रोग आदि रोग सर्न सक्छ । त्यसैले वधअघि नै पशुको स्वास्थ्य चेकजाँच गर्नुपर्ने हुन्छ । स्वस्थ पशुको मासु पनि विविध कारणले प्रदूषित हुन सक्छ । वध गरिएको पशुको रगत, लादीका कारण पनि मासु दूषित हुन सक्छ । यसैले पनि रगत, आन्द्राभुँडी, अनि भित्रीमासु अर्थात फोक्सो, कलेजो लगायतलाई मासुको श्रेणीमा राखिन्न । सालमोनेला सिगेला, इ. कोलाई, प्रोटियस, स्टाफकोकस, क्लस्ट्रिडियम, बेलचाइ, ब्यासिलस, औरिएस मासुलाई दूषित बनाउने जीवाणु हुन् । गोबर, लादीबाट आउने स्ट्रेपटोकोकसले पनि मासुलाई बिगार्छ । यी जीवाणु वधस्थलको सरसफाइ प्रयोग गरिने पानी र अन्य औजार, कामदारबाट मासुमा पुग्छन् । खाली भुइँमै मासु काटियो भने धुलो, हिलो, माटोबाट क्लस्ट्रिडियम, बोटुलिनम जीवाणु मासुमा सर्छन् । त्यस्तै, ढुसीबाट पेनिसिलियम, म्युकर क्लाडोस्पोरियम, अलटरनेरिया, स्पोरोट्राइकम अनि थामनिडियम आदि जीवाणु मासुमा सर्छन् र प्रदूषित गराउन सक्छन । प्रदूषित मासु खाँदा झाडापखाला लाग्न सक्छ । राम्ररी मासु पकाएमा यस्ता जीवाणु विषाणु, अनि ढुसी त नष्ट हुन्छन् तर तिनले उत्पादन गर्ने विषाक्ति भने नष्ट हुँदैनन् । हाम्रो आन्द्रामा पनि विभिन्न जीवाणु हुन्छन्, जसले खानासँगै प्रवेश गर्ने जीवाणुसँग मुकाबिला गर्छन् । यदि मुकाबिला गर्न सकेन भने हामी बिरामी पर्न सक्छौँ ।
बिग्रेको मासुमा देखिने लक्षण
मासु सञ्चय गर्दा उपलब्ध अक्सिजनका आधारमा मासुको स्वरुपमा आउने परिवर्तन अनुसार मासु बिग्रेको थाहा पाउन सकिन्छ । अक्सिजन उपलब्ध भएको अवस्थामा जीवाणुको विकास हुन्छ । जसले मासु चिपचिपे बनाउँछ, मासुको रंग स्वाभाविक नभएर फिक्का वा कालोनीलो बनाउँछ, गन्धमा फरक आउँछ, बोसो पग्लग्छ । त्यस्तै, अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु बिगार्न सक्छ । मासुलाई जिरो डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राखियो भने सुरक्षित हुन सक्छ । यस अवस्थामा मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निष्क्रिय पार्छ र मासुको गुणस्तर बिग्रन पाउँदैन । यसरी चिस्याएर राखेको मासु बासीजस्तो पनि लाग्न सक्छ । तर, स्वस्थ भने हुन सक्छ । फेरि पनि मासुलाई अलि बढी तापक्रममा प्रेसर कुकरमा पकाउँदा राम्रो हुन्छ । मासुलाई चिस्याएर वा रसायनको प्रयोगबाट पनि स्वस्थ राख्न सकिन्छ । चिस्याएर राखेको राँगाको मासु १२ महिनासम्म स्वस्थ हुन्छ । त्यस्तै, बंगुर, बँदेलको मासु ६ महिनासम्म, खसीबोका, भेडा–च्याङग्राको मासु ६ देखि ९ महिनासम्म, कुखुराको मासु ३ देखि ६ महिनासम्म स्वस्थ रहन सक्छ । मासुलाई अत्यधिक तापक्रममा पकाउँदा पनि जनस्वास्थ्यलाई असर गर्ने धेरै खाले जीवाणु, विषाणु नष्ट हुन सक्छ । १५० देखि १६० डिग्री फरेनहाइटसम्मको तापक्रममा सबै सबै नभए पनि धेरै जीवाणु, विषाणु नष्ट हुन सक्छन् । त्यस्तै, २५० डिग्री फरेनहाइट तापक्रममा मासुलाई पकाउने हो भने हाम्रो स्वास्थ्यलाई असर पार्न सक्ने सबैखाले जीवाणु, विषाणु नष्ट भएर जान्छन् । यसरी पकाएको मासु अलि लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । यसबाहेक मासुलाई जलविग्रहीकरण गरेर पनि लामो समय सुरक्षित राख्न सकिन्छ, यो भनेको मासुलाई सुकुटी बनाउनु हो । हाम्रा परम्परागत वा प्राकृतिक मरमसलाले पनि मासु सुरक्षित राख्न सकिन्छ । यी मरमसालाले मासु सुरक्षित मात्र गर्दैन, स्वाद नै मीठो पार्छ । मासुलाई अम्लीकरण गरेर पनि सुरक्षित राख्न सकिन्छ । यो भनेको मासुमा हुने कार्बोहाड्रेटलाई अम्ल अर्थात् एसिडमा परिवर्तन गर्ने । यसो गर्दा मासुमा जीवाणु, विषाणुको संख्या वृद्धि हुँदैन ।
साभार ः रातोपाटी

चिसो पानीले नुहाउनुको फाइदा
चिसो पानीले नुहाउँदा गर्मी कम हुन्छ । तर चिसो पानीले नुहाउनुको फाइदा यतिमै मात्र सीमित छैन् । चिसो पानीले तपाईको दिमागलाई पनि ठन्डा बनाउँछ । त्यस्तै तपाईको शरिरमा रहेको युरिक एशिडलाई चलायमान बनाउँदै विभिन्न चोट–पटकबाट लागेका खतमा बस्ने ब्याक्टेरियालाई हटाउन समेत भूमिका खेल्छ । यसबाहेक पनि चिसो पानीले शरीरमा गर्ने फाइदा धेरै छन् ।
प्रजनन क्षमता वृद्धि – पुरुषको प्रजनन क्षमतामा चिसो पानीले वृद्धि ल्याउने एक अध्ययनको दाबी छ । यदी तपाईलाई बच्चा चाहिएको छ भने चिसो पानीले नुहाउने गर्नुहोस् । ठीक उल्टा, तातो पानीले पुरुषको प्रजनन क्षमता घटाउँछ ।
प्रभावकारी रक्तसञ्चार – ध्यानपूर्वक चिसो पानीको मज्जा लिनुहोस् । जब तपाईको शरीरको छालामा चिसो पानीले स्पर्श गर्छ, त्यतिबेला छुट्टै आनन्द आउँछ । याद गर्नुहोस्, यस्तो समयमा तपाईको रक्तसञ्चार निकै प्रभावकारी भइरहेको हुन्छ ।
रोग प्रतिरोधक क्षमता बढाउँछ– यदी तपाई ह्वाइट ब्लड सेल बढाउन चाहनुहुन्छ भने चिसो पानीले नुहाउनुहोस् । चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
पाचनशक्ति बढाउँछ – तपाई जब चिसो अवस्थामा हुनहुन्छ तब आनन्ददायक महसुुस गर्नुहुन्छ । त्यस्तै तपाईको शरीरले पनि चिसो अवस्थामा आफै ताप बढाउँछ । त्यसपछि मेटावोलिजमको वृद्धि हुन्छ ।
चोटको पीडा कम गर्छ – तपाईले धेरैभन्दा धेरै काम गर्नुहुन्छ भने तपाईको शरीरले आराम खोज्छ । त्यस्तो अवस्थामा दुर्घटना हुनसक्छ तर चिसो पानीले नुहाउनाले शरिरलाई फेरि ताजगी मिल्छ ।
अतिरिक्त फाइदा – चिसो पानीले नुहाउनाले शरीरको भित्री पीडामा कमी आउँछ । यसले कपाल स्वस्थ रहन्छ भने किड्नीले समेत राम्ररी काम गर्छ ।
मसलेदार खाना खानुको फाइदा

अब ढुक्कसाथ आफ्नो खानामा चाहेजति मसाला हाल्नुहोस् । क्यानस, सांसलगायतका थुप्रै रोगहरुबाट हुनसक्ने मृत्युको खतरा मसालेदार खानले कम गर्ने एक अध्ययनले बताएको छ । ब्रिटिस मेडिकल जर्नलमा सोधपत्रपछि गरिएको अध्ययनको नतीजाले मसालेदार खानाले यस्ता रोग प्रतिरोध गर्न सहयोग पु¥याउने देखाएको हो ।
यसमा उल्लेख भएअनुसार क्यान्सर, हृदयघात र सांसजस्ता रोगबाट हुनसक्ने निधनलाई मसालेदार खानाले कम गर्छ । पुरुषको तुलनामा महिलालाई अझै मसालेदार खानाले मद्दत पु¥याउने उक्त रिर्पोटमा उल्लेख छ । अध्ययनअनुसार मसालेदार खानाको नियमित प्रयोग गर्ने बिरामीहरुमा यस्ता रोगबाट मृत्युको खतरा कम देखियो । हप्तामा एक वा दुईपटक मात्रै मसालेदार खानको प्रयोग गर्नेहरुमा समस्या बढी देखियो । तर, रक्सी नखाने र मसालेदार खाना खानेमा मात्रै यस्तो लागू हुनेछ । खुर्सानी, बेसार, जिराजस्ता मसालाको प्रयोगले यस्ता रोगको प्रभाव कम हुने उल्लेख छ ।

Post a Comment