0
गोल्डेन न्यूज संवाददाता
विगत वर्षमा जस्तै यस वर्ष पनि मालेपाटनमा तीज गित प्रतियोगिता आयोजना हुने भएको छ । मालेपाटन स्थित गैर सरकारी संघ संस्था, आमा समूह तथा सहयोगी संस्थाहरुको संयुक्त बैठकले भदौ ३० गते “मालेपाटन तेस्रो खुला तीज गीत प्रतियोगिता” गर्ने निर्णय गरेको हो । सूर्यचन्द्र विकास समाजका अध्यक्ष वसन्त भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको तयारीका लागि विभिन्न उपसमितिहरु बनाउने निर्णय गरेको छ । आर्थिक उपसमिति कमला गौतम, प्रचार उपसमिति धनबहादुर नेपाली, निर्णायक मण्डल उपसमिति उज्वल खत्री, मञ्च व्यवस्थापक उपसमिति मणिराज बराल, अतिथि सत्कार उपसमिति गायत्री भूत्र्याल र स्वयंसेवक उपसमितिमा केदार कोईरालालाई संयोजक चयन गरेको छ । सामाजिक परिवर्तन एवम् वडाको विकास निर्माणमा सबै संस्थाको भूमिकालाई महत्वपूर्ण बनाउन तथा तीज पर्वको अवसरमा नेपाली लोक संस्कृतिलाई उत्थान गर्ने उद्देश्यले आयोजित तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमश ः १३ हजार एक, १० हजार एक, ७ हजार एक नगद पुरस्काको व्यवस्था गरिएको छ । साथै सान्त्वता स्थान हासिल गर्ने २ समूह र नृत्य÷ भेषभूषामा उत्कृष्ट समूहलाई क्रमशः ३ हजार एक र १ हजार ५ सय एकका दरले पुरस्कृत गरिने व्यवस्था गरिएको छ । प्रतियोगितामा मुख्य प्रायोजक तथा सह–प्रायोजक हुन चाहने उद्योग प्रतिष्ठान वा कम्पनीलाई ३० हजार २० हजार रुपैयाँ लाग्ने निर्णय गर्दै  प्रतियोगितालाई भव्य र सफल पार्न सम्पूर्ण संघसंस्थाहरु एवम् सामाजिक व्यक्तित्वहरुमा अनुरोध समेत गरेको छ । प्रतियोगी हुन चाहने समूहले भदौ २८ गतेभित्र टीम दर्ता गरिसक्नुपर्ने बताइन्छ ।



Post a Comment

 
Top