गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १०, ईन्द्रचोकमा रहेको पञ्चम आयुर्वेद क्लिनिकमा पहिलोपटक बालबालिकाको स्वास्थ्य परीक्षण शिविर हुने भएको छ । शिविरमा बालबालिकामा देखिने नयाँ तथा पुराना रोगहरुको परीक्षणका साथै आवश्यक परामर्श दिइनेछ । स्वास्थ्य परीक्षण शिविर यहि भदौ ५ गते शनिबारदेखि शुरु हुने क्लिनिकका प्रबन्ध निर्देशक डा.विष्णुप्रसाद चापागाइँले जानकारी दिए । क्लिनिकमा विशेष सुविधाका साथ बालबालिकाको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको उनले बताए । आधुनिक औषधिले निको पार्न नसकेका रोगहरुलाई आयुर्वेदिक औषधिमार्फत ठीक पार्न सकिने भएकाले आयुर्वेदिक उपचारमा नागरिकको विश्वास बढ्दै गएको डा.हरिशरण अर्याल बताउँछन् । पञ्चम आयुर्वेद क्लिनिकमा नयाँ तथा पुराना रोगहरु नाक, कान, घाँटीका समस्या, छातीका समस्या, पेटका रोगहरु, बालबालिकाको शारीरिक तथा मानसिक विकास राम्रो नहुने, शरीरको विकास राम्रोसंग नहुने, एलर्जी, दम, जण्डिस तथा निमोनियाका रोगहरुको आयुर्वेद उपचार पद्धतिबाट पारिने उनी डा. अर्याल बताउँछन् । पोखरा एवं आसपासमा बालबालिकाको आयुर्वेद क्लिनिक हालसम्म स्थापना नभएकोले पञ्चमले यो सेवा शुरु गरेको डा. चापागाइँले जानकारी दिए । गण्डकी अञ्चल आयुर्वेद औषधालयकी प्रमुख डा.शुभद्रा कार्कीका अनुसार पञ्चम आयुर्वेद क्लिनिकले समयअनुकुल आयुर्वेद चिकित्साको विकास र प्रभावकारितालाई अघि बढाउँदै लगेको छ । क्लिनिकले प्रत्येक महिना बच्चाहरुको मानसिक शारीरिक वृद्धि विकासका लागि स्वर्णविन्दु प्राशन,स्त्री रोगको परामर्श र उपचार गराउँदै आएको छ । यसैगरी विगत २ वर्षदेखि सुविधा सम्पन्न क्षारसूत्र कक्ष सहित पायल्स तथा फिस्टुलाको क्षारसूत्र प्रविधिबाट उपचार गराउँदै आएको छ ।
Post a Comment