0
गोल्डेन न्यूज संवाददाता
कन्या क्याम्पस पोखराको आयोजना तथा मानवअधिकारका लागि युवा नेपाल संस्थाको सहयोगमा कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि मानवअधिकार सचेतना सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भयो । कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले छात्राहरुलाई हरेक व्यक्ति आफ्नो अधिकारको बारेमा सचेत हुन आबश्यक रहेकोले यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । मानवअधिकारका लागि युवा नेपालका अध्यक्ष राहुल के.सी.ले मानवअधिकारका बिषयमा प्रस्तुत गर्दै बिश्वव्यापी रुपमा घोषणा भएको ३० मानवअधिकारको बारेमा प्रस्तुति गरेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि तथा नेपालका लागि आयोजना राजदुत सीपोरा गुरुङ्गले आफ्नो अनुभवहरु प्रस्तुत गर्दै मानवअधिकारका लागि सबैले आवाज उठाउन आवश्यक रहेको बताए । भर्खरै राजनीतिक अस्थिरताले गर्दा धेरै मानव अधिकारको हनन भएको भन्दै उनले बेलैमा सबैजना सचेत हुनुपर्ने उल्लेख गरे । सामाजिक सुरक्षा, जिम्मेवारीपन, सोचाइमा स्वतन्त्रता, शिक्षा, राष्ट्रियता जस्ता अधिकारहरु महत्वपुर्ण रहेको बताउँदै छात्राहरुले मानव अधिकार हनन भएको अवस्थामा सरकार सम्बेदनशिल भएर संरक्षण गर्न लाग्नुपर्ने उनले स्पष्ट पारे । ३०० छात्राहरुको उपस्थितिमा भएको कार्यक्रममा प्राध्यापकहरुले पनि आफ्नो अवधारणा प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top