0
गोल्डेन न्यूज संवाददाता
किराँत सेवा समाज कास्कीले किराँत धर्म, सँस्कार, सँस्कृतिक र धर्न निरपेक्षता विषयमा बुधबार पोखरामा अन्तत्र्रिmया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै प्राध्यापक बालकृष्ण माबुहाङले धर्म निरपेक्षतामा सबैको सम्मान हुने बताए । माबुहाङले धर्म व्यक्तिको आस्था वा स्वतन्त्रता भएके भन्दै राज्यको कुनै धर्म नहुने भएकाले धर्म निरपेक्षतामा नै सबै धर्मले समान मान्यता प्राप्त गर्ने स्पष्ट पारे । निश्चित धर्म र राज्यको अबैध सम्बन्धका कारण नेपालको विकास हुन नसकेको उनले बताए । धर्म निरपेक्षतामा कुनै बौद्ध, हिन्दू, क्रिश्चियन, किराँत, बोनसँग सरोकार हुदैन, सबै आस्थाको सम्मान गरिने माबुहाङले बताए । २०६३ साल अघि नेपाल हिन्दूअधिराज्य थियो, हिन्दू धर्मले प्रगति हुन्थ्यो भने धेरै प्रगति भई सक्थ्यो तर क्रिश्चियन मुलुक, इसाई मुलुकले जति गर्न सकेनौ भनेर हिन्दूहरुले सोच्नु पर्नेमा अरुको रिस गर्नुको अर्थ नभएको उनको भनाई थियो । प्रा.माबुहाङले धर्म निरपेक्षतामा मात्र व्यक्तिको धार्मिक स्वतन्त्रताको सुनिश्चितता हुन्छ, अल्संख्यक धर्म सँस्कृतिको उचित संंरक्षण हुने दावी गरे । कम्युनिष्टहरु धर्म निरपेक्षता पक्षधर हुन, तर अहिले नक्कली कम्युनिष्टहरुले एकल धार्मिक मुलुक बनाउने पक्षमा उभिनु दुःखदायी भएको उनको भनाई थियो । हिन्दु अतिवादीहरु कै कारण किराँत धार्मिक समुदायको जन्म भएको बताउँदै माबुहाङले २०६२÷६३ को कम्युनिष्टहरुको सफल आन्दोलन पश्चात बनेको अन्तरिम संविधानमा आन्दोलन कै उपलब्धिलाई धर्म निरपेक्ष मुलुक भनेर उल्लेख गरिएको स्पष्ट पारे । नयाँ बन्ने संविधानमा सबैको सम्मान गर्नका लागि धर्म निरपेक्षता कायमै हुनुपर्नेमा उनले जोड दिए । धार्मिक विरोधीहरुले निरपेक्षताको विरुद्ध चलखेल गरिरहेकोले आदिवासी जनजातिहरु एकताबद्ध भएर पाखण्डहरुको प्रतिवाद गर्नुपर्दछ । धर्म निरपेक्षताको पक्षमा सबै आदिवासी जनजाति संघर्षरत रहनु उनको आग्रह थियो ।  कार्यक्रममा संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिंङ्देन मिराकले पूँजीवाद र साम्यबाद होइन कि सबै भन्दा ठूलो दर्शन पहिचान र अस्तित्व भएको बताए । उनले देश समृद्धि र जनतालाई मुक्ति दिने मार्ग नै संघीयता हो तर अहिले संघीयतालाई अपमान गर्न खोजिएकाले सबै आन्दोलित हुनुपर्नेमा जोड दिए । जनताको मुक्तिका लागि संविधानको कितावमा तमुवान, मगरात, लिम्बुवान, नेवा, तामसालिङ, थरुहट प्रदेशहरु लेखिनुपर्दछ भन्दै लिङ्देनले थरुहट घटनालाई आदिवासी जनजातिको अधिकार सँग जोड्नुपर्ने बताए । पहिचान, संघीयता र अस्तित्वका लागि बलिदान दिन समेत तयार हुनुपर्ने उनले बताए । किराँत याख्या छुम्माका केन्द्रीय महासचिव दीपक याख्याले किराँत धर्म, सँस्कृति र सँस्कारमाथि दमन भईरहको भन्दै किराँती पहिचान र अस्तित्वका लागि सबै आन्दोलित हुन आग्रह गरे । नयाँ संविधानमा किराँतीको अधिकार समावेश गर्न नसके युगौ पछि पर्ने भन्दै नेताहरु २०६३ को अन्तरिक संविधानभन्दा पछि फर्केर षडयन्त्र गरिरहेकाले त्यसका विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । किराँत सेवा समाज कास्कीका संरक्षक डा.लक्ष्मीप्रसाद राईले जनताको आन्दोलनबाट अन्तरिम संविधानमा समावेश गरिएको धर्म निरपेक्षता यथावत राख्नुपर्नेमा जोड दिए । उनले आदिवासी जनजातिका धर्म, सँस्कृति, संस्कार, कला सबै राजनीतिक रुपले अपहरण गरिएकाले नयाँ बन्ने संविधानमा राजनीतिक रुपले नै प्राप्ति गर्नुपर्ने खाँचो औल्याए । किराँत सेवा समाज कास्कीका अध्यक्ष अरुणकुमार लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपाल सहसचिव अधिवक्ता जुनाकुमारी  गुरुङ, नेकपा एकीकृत कास्कीका सेक्रेटरी भिमबहादुर श्रीस, मगर मुक्ति मोर्चा कास्कीका अध्यक्ष खेम पुन, ड्योए तमु धिं लेखनाथको महासचिव मनबहादुर गुरुङ,तमु ह्युल छोंज धिं कास्कीका सचिव चेतबहादुर गुरुङ, नेकपा–माओवादी कास्की सेक्रेटरी अर्जुन छन्त्याल, फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङ, पदम सारुमगर, नारायण राई, किराँत सेवा समाज कास्कीका सल्लाहकार गणेश देवान,  वरिष्ठ उपाध्यक्ष गजेन्द्र लिम्बु लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।





Post a Comment

 
Top