0
साइकल सिटी पोखराले पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियालाई पोखराको समग्र विकासको साथै पोखरालाई साइकल मैत्री पर्यटकिय शहर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले साइकल सिटी पोखराको मानार्थ सदस्यता प्रदान गरी बधाई तथा बिदाई कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा संस्थाका सल्लाहाकार निरज थापाले माला पहि¥याउँदै नेपाल सरकार पर्यटन मन्त्रालयको सचिव पदमा पदोन्नति भएकोमा हार्दिक बधाई दिंदै पोखरामा साइकल मार्ग सम्बन्धी भएका गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए । संस्थापक अध्यक्ष कमल मोहन कोइरालाले फूल गुच्छा दिदै पदीय दायित्व को जिम्मेबारी पुरा गरी पदोन्नति भएकोमा बधाई ज्ञापन गरेका थिए । संस्थाका उपाध्यक्ष प्रकाश बज्राचार्यले साइकल सिटी पोखरालाई पछि सम्मको सम्झनाको लागि संस्थाको युनिफर्म हस्तान्तरण गर्दै कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।  कार्यक्रममा सराङ्गकोट, कास्कीकोट, ढिकुरपोखरी पर्यटकीय पैदल मार्गका अध्यक्ष बिष्णुहरि शर्माको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रमको अध्यक्षता साइकल सिटी पोखराका जितेन्द्र मान शाक्य गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव महेन्द्र राज कोईरालाले गरेका थिए ।

Post a Comment

 
Top