गैर सरकारी संस्था महासंघ कास्कीले संविधान निर्माण र संघियताको सीमाङ्कनको सवालमा संयमता अपनाउन राज्य र आन्दोरत पक्षलाई आव्हान गरेको छ । कैलाली जिल्लास्थित टीकापुर नगरपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै महासंघले संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा यस खाले घटना हुनु आफैमा दुखःदायी भएको प्रतिक्रिया दिएको छ । संविधान बन्दै गर्दा सबै समुदायहरुले आआफ्नो हक अधिकार सुनिश्चित गर्नका लागि शान्तिपुर्ण तरिकाले आफ्ना मागहरु राख्न सक्दछ, अध्यक्ष गोपाल खड्काले प्रकाशित प्रेस विज्ञप्तिमा कुनै पनि व्यक्ति वा समुहले हत्या हिंसाको बाटो अवलम्बन गर्नु शान्ति र मानवअधिकार विपरित हुन जाने उल्लेख छ । यस्तो संवेदनशिल घडीमा राज्य पनि संयमित र जिम्मेवार हुन जरुरी छ भने आन्दोलनकारी पक्षहरु संयमताका साथ प्रस्तुत हुन जरुरी छ, प्रेस विज्ञप्तिमा संविधान निर्माण कार्य राजनीतिक प्रक्रिया भएको हुँदा सम्पूर्ण राजनीतिक दलहरुमा पनि विशेषगरी मुख्य राजनितिक दलहरुलाई गम्भीर हुन आव्हान गरिएको छ । विज्ञप्तिमा संविधानमा सबै नेपालीहरुको भावनाहरु अधिकतमरुपमा सम्बोधन गर्न समयमै विवेकपुर्ण निर्णय लिन जरुरी भएको उल्लेख गरिएको छ । कुनैपनि खाले आग्रह पुर्वाग्रह नराखी राष्ट्रिय अखण्डता, स्वाभिमान र सामाजिक सद्भावलाई कायम राखि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आग्रह गर्दै विज्ञप्तीमा शान्तिपूर्ण र सम्बृद्ध समाज निर्माण गर्ने समग्र नेपालीको चाहानालाई मूर्त रुप दिनको लागि सरकार, राजनीतिक दल, संविधान सभा र संघसंस्थाहरुलाई अनुरोध गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment