माछापुच्छ«े एफ.एर्मले हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी तीज गीत प्रतियोगीता गर्ने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितलिका तीजको आवसर पारेर एफ.एमले विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि १५औ छमछमी तीज गीत प्रतियोगीता गर्ने भएको हो । माछापुच्छ«े एफ.एमले विगत १४ वर्षदेखि संचालन गरिरहेको छमछमी तीज गीत प्रतियोगीताको १५औं संस्करणका रुपमा यो प्रतियोगिता हुने एफ एमले जनाएको छ । प्रतियोगिता यहि भाद्र २७ गते आइतबार पोखरा उद्योग वाणिज्य सघंको सभाहलमा आयोजना गरिने बताईएको छ । नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा कला, संस्कृति र साहित्यलाई सरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी तीज गीत प्रतियोगिता गर्न लागिएको एफ.एमका प्रवन्ध निर्देशक देव क्षेत्रीले बताए । प्रतियोगीतालाई सफल बनाउन अनिशा नेपालीको संयोजकत्वमा विभिन्न उप–समितिहरु पनि गठन भरुएका छन । तीज गीत प्रतियोगीताको लागि निःशुल्क फार्म खुल्ला भैसकेको र माछापुच्छ«े एफ.एमको टेलिफोन नम्बरबाट पनि फर्म भर्न सकिने प्रचार–प्रसार संयोजक कुष्ण आचार्यले जानकारी दिए । प्रतियोगीतामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनिशा नेपाली जानकारी दिईन । यस्तै प्रतियोगीतामा उत्कृष्ट हुने भेषभूषा र नृत्यलाई पनि १ हजार ५ सय रुपैया पुरस्कार प्रदान गरिने एफ एमले जनाएको छ । प्रतियोगीताको माछापुच्छ«े एफ.एमबाट प्रत्यक्ष प्रशारण गरिने स्टेशन मेनेजर रमेश तिमिल्सिनाले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment