हरि पन्त
पोखरा ५ भदौ ।
लायन्स क्लव अफ इन्टरनेशन ३२५ बी १ नेपालका २०१५÷०१६ का डिष्ट्रिक्ट पदाधिकारीहरुको पदस्थापन एवं क्याविनेट मिटिङ शनिबार पोखरामा सम्पन्न भयो । ५२ दिन अघि डिष्ट्रिक्टमा निर्वाचित एवं मनोनित भएका पदाधिकारी हरुको पदस्थापन भएको हो । शनिबार पदस्थापित हुनेहरुमा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्य र कोषाध्यक्ष प्रजापति बाँस्तोला रहेका छन् । डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापा यसअघि नै अमेरिकामा सम्पन्न महाधिवेशन बाट पदस्थापित भैसकेका थिए ।

यसैगरी चिफ एडभाइजर अशोककुमार श्रेष्ठ, को–चिफ एडभाइजर ईन्दु लम्साल, एम्वेष्डर अफ गभर्नर रामशरण रिमाल, चिफ एरिया को–अर्डिनेटर तीर्थलाल श्रेष्ठ, एनएलचिफ महेन्द्र पौडेल, पिआरओ इन चिफ मनबहादुर रोका समेत शनिबार नै पदस्थापित भएका छन् । यस्तै ब्लड बैंक प्रोजेक्टका चिफ सोनाम साङ्पो, पाट्नरशिप चिफ को–अर्डिनेटर अर्जना प्रधान लगायत कमिटी चियर पर्सन, रिजन चियर पर्सन, जोन चियर पर्सन, कमिटी मेम्बर गरि ३ सय पदाधिकारीलाई लायन्सका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले लायन्सको मूल मर्ममा आधारित भइ, आफूले गर्ने कामहरुमा कर्तव्यनिष्ट भएर लाग्ने वचनवद्धताका साथ पदस्थापित गराएका थिए । त्यस अवसरमा ५२ दिनको अवधिमा उत्कृष्ट कार्य गर्ने सुनिल कुमार श्रेष्ठ र दुर्गा प्रसाद हुमागाइँलाई सम्मान गरिएको थियो भने विभिन्न क्लवहरुले स्पोन्सर गरेको आठ वटा नयाँ क्लवहरुको उद्घाटन गरिएको थियो । शनिबार नै उद्घाटन भएका नयाँ क्लवहरुमा लायन्स क्लव अफ टुरिजम सिटी, व्युटिफूल सिटी, पोखरा स्टप, माछापुच्छ«े भिलेज, विरौटा, पोखरा अन्नबुद्ध, पोखरा दर्पण र काठमाडौं थानकोट रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स अन्तर्राष्ट्रियका निर्देशक सञ्जय खेतानले नेपालका लायन्सहरुलाई महाभारत कथाका पात्र कर्णको संज्ञा दिए । उनले भने–‘महाभारत कथामा कर्ण दानवीर थिए, शिक्षित थिए, ज्ञानी थिए, इमान्दार थिए, कोही भन्दा कम थिएन । कर्णको सबै गुण नेपालका लायन्सहरुमा भएको मैले पाएको छु ।’ मन्तव्यका क्रममा पटक–पटक भगवानप्रति भक्तिभाव देखाएका खेतानले आफूले अहिले प्राप्त गरेको पद, सम्मान र नेपालको झण्डा बोकेर विश्व घुम्ने अवसर विश्वका धनी व्यक्ति विल गेट्सले पनि नपाएको भन्दै आप्mनो सफलता भगवान अवतार भएका नेपालका लायन्सहरुको सहयोगले नै भएको स्पष्ट पारे । सम्पूर्ण लायन्सहरुको सहयोगले पोखरामा भएको यो कार्यक्रम आफ्नो जीवनकै सबैभन्दा बढी सुखद् भएको स्पष्ट पार्देै उनले एकता र काम नै नेपालका लायन्सहरुको सबैभन्दा राम्रो गुण रहेको बताए ।

कार्यक्रममा मल्टिपल काउन्सिल चियर पर्सन रमेश कुमार अग्रवालले नेपालका चारवटा डिष्ट्रिक्टहरुमध्ये ३२५ बी १ का साथै पोखरामा आयोजित कार्यक्रम नेपालकै उत्कृष्ट भएको महसूस आफूलाई भएको बताए । कार्यक्रममा पूर्व गभर्नर योगेन्द्र प्रधान, डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा, प्रथम भाइस गभर्नर बालकृष्ण बुर्लाकोटी, सेकेण्ड भाइस गभर्नर धनराज आचार्य, सेक्रेटरी विश्वेश्वर आचार्य, पूर्व गभर्नर भुगोल शेरचन, कार्यक्रम संयोजक चण्डीराज अर्याल, पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दीपक श्रेष्ठ, ३२५ बी २ का गभर्नर डिके ढुङ्गाना लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले गीतमार्फत स्वागत गरेका थिए । त्यस अवसरमा लायन्समा रहेर उत्कृष्ट कार्य गर्ने डिष्ट्रिक्टका पदाधिकारी एवं विभिन्न क्लवका गरि २० भन्दा बढीलाई समेत सम्मानित गरिएको थियो ।
त्यसअघि पोखराको चिप्लेढुङ्गा बाट शुरु भएको पञ्चेवाजा सहितको विशाल ¥याली महेन्द्रपुल हुँदै रानीपौवाको कार्यक्रम स्थलमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा अन्तर्राष्ट्रिय निर्देशक खेतान, गभर्नर थापाका साथै पोखरामा क्रियाशिल अधिकांश लायन्सका पदाधिकारी तथा सदस्यहरु लायन्स पोशाकका साथै व्यानरमा सहभागी थिए । यसैबीच डिष्ट्रिक्टको क्याविनेट बैठकले नयाँ बटेज पारित गर्नुका साथै भावी रणनीति समेत तय गरेको डिष्ट्रिक्ट सेक्रेटरी आचार्यले जानकारी दिए । आचार्यले मानवीय सेवामा अझ बढी क्रियाशील हुने निर्णय बैठकले गरेको जानकारी दिए ।
Post a Comment