0
गोल्डेन न्यूज संवाददाता
पोखराको वडा नं १५ टुटुंगामा अवस्थित सिर्जनशील बाल विकास कार्यक्रमको तेश्रो साधारणसभा शनीबार सम्पन्न भएको छ ।      कार्यक्रममा सिद्ध पब्लिक कलेजका अध्यक्ष मिन बहादुर गिरीको प्रमुख आतिथ्यता थियो । सो अवसरमा बोल्दै गिरीले मानव सेवा गर्नुनै मानवता भएकाले संस्थाले गरेको मानवीय सेवा अनुकरणीय भएको बताए । संस्थाले गर्दै आएका गतिविधि अझै सक्रिय बन्दै जाउन् भन्ने शुभकामना पनि उनले दिए ।कार्यक्रममा सो संस्थाबाट छात्रबृत्ति प्राप्त गरी अध्ययन गर्दै आएका छात्र भूवनसिंह गाहा मगरले आँफूलाई संस्थाले पुर्याएको सहयोगको खुलेर प्रशंसा गरे । कार्यक्रमका अध्यक्ष शंकर पन्थले विभिन्न दातृ निकायबाट प्राप्त सहयोग नेपालका कठिन परिस्थितिका बालबालिकाको शिक्षा–दीक्षामा खर्च गर्ने गरिएको फेहरिस्त प्रस्तुत गरेका थिए । साधारणसभाले कोषाध्यक्ष खेमबहादुर केसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र कार्यसमिति सदस्य प्रतिमा बस्नेत थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । सिर्जनशील बाल विकाश कार्यक्रमका अध्यक्ष शंकर पन्थको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष धनु गिरीले स्वागत मन्तव्य व्यक्त गरे कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद शर्माले गरेका थिए । बाल विकाश कार्यक्रमले हाल कास्की, तनहुँ, जुम्ला, चितवन, दोलखा, पर्वत, स्यांङ्जा र पाल्पा जिल्लामा गरी ९४ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिरहेको सो अवसरमा जानकारी गराईएको छ । छात्रबृत्ति प्राप्त गर्नेमा ५३ जना छात्रा र ४१ जना छात्र छन् । ती मध्ये ७ जना चेपाङ समुदायका, २१ जना दलित समेत रहेको बताईएको छ । यस्तै संस्थाको टुटुंगास्थित बालगृहमा १६ जना बालबालिकाहरुले पूर्ण आवासीय सुविधासहितको सेवा लिईरहेका छन् ।




Post a Comment

 
Top