0
पोखराको सहारा क्लवले पोखराको अव्यवस्थित पुरानो बसपार्कमा रहेको खाल्टा खुल्टी पुरेको छ । २०५५ सालमा स्थापना भएको क्लवले पोखरा उप महानगरपालिका वडा नं. ९, अवस्थित अव्यवस्थित पुरानो बसपार्कलाई मर्मत सम्भार, फोहर मैला व्यवस्थापन, ट्रयाकको व्यवस्थापन एवं विजुली वत्ति जडान गर्दै आई रहेको छ । हाल बसपार्कमा पर्न गएको ठूलाठूला खाडलबाट यात्रुहरुलाई असुविधा हुँदा भएकोले यसप्रति कसैको ध्यान नपुगेका कारणले आफूहरुले उक्त खाल्टा–खुल्टी पुरेको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले गोल्डेन न्यूज दैनिकलाई बताए । उनका अनुसार खाडल पुर्नका लागि करिब १ लाख ९० हजार खर्च भएको छ । केहि समय अघि ३८ हजारको ग्रावेल राखिएको थियो भने पछिल्लो क्रममा ठूलो टिप्परको २५ टिप ग्रावेल राखिएको क्लवले जनाएको छ । वि.सं. २०३३ देखि बसपार्क बनाउनका लागि जग्गा अधिकरण गरि राखिएको भएपनि राज्यको प्राथमिकतामा पर्न नसकेकोमा अध्यक्ष आचार्यले गुनासो गरे । उनले भने–“बसपार्क निमार्णमा सरकारी निकायको हालसम्म कसैको ध्यान पुगेको छैन, पोखरा बाहिर कुनै पनि ठाउँमा जाँदा पोखरा बसपार्क कस्तो छ भनि प्रश्न सोध्ने गरेकोले हामीलाई निकै नराम्रो लागेको छ ।” अव्यवस्थित बसपार्कलाई यथाशीध्र निर्माण गर्नका लागि सम्वधित सबैमा छिटो पहल गर्न उनले आग्रह गरे ।

Post a Comment

 
Top