गोल्डेन न्यूज संवाददाता
रामबजार तायाःमचाः नाच समितिलाई रामबजार क्षेत्रका विदेशमा बसोबास गर्ने सदस्यबाट सहयोग आउने क्रम जारी रहेको छ । २०६५ सालमा स्थापना भएपश्चात रामबजारलाई आफ्नो कार्यक्षेत्र बनाई हरेक वर्षको गाइजात्राको अवसरमा नेपाली परम्पराको गाईजात्रा तायाःमचाः नाच, लाखे नाच प्रस्तुत गर्दै देश विदेशसम्म यस नाचको सन्देश पु¥याउन सफल रही नाच संचालन गर्न रामबजार सोसाइटी युके, अष्टेूलिया, अमेरिका, हङ्गकङ्ग, जापानमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त भैरहेको अवस्थामा नेवारी परम्पराको नाच भएता पनि रामबजार क्षेत्रमा रहेका हरेक जातजाति, समुदाय, संघसंस्थाहरु एकआपसमा रहि यो तायाःमचाः नाच संचालन गर्दै आइरहेको संस्थाका सचिव विश्व तण्डुकार बताउँछन् । २०७२ सालको नाच सम्पन्न गर्न रामबजार क्षेत्रको सबै स्थानलाई समेटी रुट तयार गरिएको रुट व्यवस्थापन समितिका संयोजक किरण रन्जितले जानकारी दिए । उक्त नाच सम्पन्न गर्दा रामबजार क्षेत्रका वित्तीय संस्था, संघसंस्था, एसओएस बालग्राम गण्डकी पोखरा उप–महानगरपालिका, रामबजार बासीको सहयोगा साथै रामबजार पोखरा निवासी राजकुमार परिवारबाट ५ हजार ५, राजकुमार परिवारका छोरी हाल साउथ कोरियामा कार्यरत सम्झना परिवारबाट ५ हजार ५, सु.रुद्र बहादुर श्रेष्ठबाट ५ हजार, एसओएस बालग्राम गण्डकीबाट ६ हजार र सोसाइटी डेभलपमेन्ट बैंकबाट ४ हजार सहयोग प्राप्त भएको कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । रामबजार तायाःमचाः नाचका साथ रामबजारमा पहिलोपटक रामायण निकालिने र २०७२ सालको भदौ १३ गते रामबजार क्षेत्रमा परिक्रमा गर्ने, भदौ १९ गते बिहान ७ः३० बजे श्रीकृष्ण जन्माष्टमीको अवसरमा घोडा नाच प्रस्तुत गरी शोभायात्रामा सहभागी हुने र भदौ १९ गते तायाःमचाः नाच प्रतियोगितामा पुरुष कलाकारलाई सहभागी गराई भदौ १९ गते बेलुकी रामबजार क्षेत्रमा लाखे नाच प्रस्तुत गरी २०७२ सालको गाइजात्रा पर्व समापन गर्ने कार्यmम तय गरिएको समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिए ।
Post a Comment