0
गोल्डेन न्यूज संवाददाता
 भूक्षय र सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यका साथ लेखनाथ नगरपालिका–१५ मालेपाटन र सुन्दरचोक वरपरको खाली जग्गामा लेखनाथ नगरपालिकाको सहयोगमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ नगरपालिकाको सहयोगमा त्यस क्षेत्रमा मंगलबार एक कार्यक्रम गरी बकाइनो मसला जस्ता अन्य बिभिन्न किसिमका करिब ७ सय बिरुवा रोपिएको प्रगति शिल आमा समूहकी अध्यक्ष अम्बिका बसौलाले बताइन । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकुत रामचन्द्र पौडेले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रममा लेखनाथ नगरपालिकाका कानून अधिकृत राममणि अधिकारी, नगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरे र नगरपालिकाका लेखा प्रमुख चन्द्रकान्त पौडेलको पनि उपस्थिति रहेको थियो । त्यसैगरी वृक्षारोपण कार्यक्रममा जागृति युवा क्लब, प्रगतिशिल आमा समूह, स्थानीय बुद्धिजीवि, समाज सेवीका साथै अन्य सरोकारवाला ब्यक्तिको पनि सहभागिता रहेको जागृति युवा क्लबका सचिव डालाराम बसौलाले बताएका छन् । कार्यक्रमका लेखनाथ नगरपालिका कार्यकारी अधिकुत रामचन्द्र पौडेलले खाली जग्गामा भूक्षयको जोखिम बढी हुने हँुदा वृक्षारोपण गर्नु महत्वपूर्ण भएको र यस्ता क्षेत्रलाई नगरपालिकाले पनि कार्ययोजनामा राख्ने र वृक्षारोपणबाट सार्वजनिक जग्गाको संरक्षण हुने बताए । उनले कार्यक्रममा स्थानीय को उत्साहजनक सहभागिताले काम गर्ने जोस र जाँगर बढेको बताए । जागृति युवा क्लबका सचिव डालाराम बसौलाले वृक्षारोपणका साथ साथै संरक्षण पनि त्यत्तिकै महत्वपूर्ण भएकोले संरक्षण गर्न आफूहरु निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए ।

Post a Comment

 
Top