असल छिमेकी सहयोग संघ
(गोनेसा) पोखराले शुक्रबार कास्कीको रुपाकोट गाविस–८, तालपारी रहेको पृथ्वीरुपा माविका भूकम्प प्रभावित बालिबालिकालाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ । कार्यक्रममा विद्यालयका १६ जना बालबालिकालाई झोला सहित ति सामाग्री वितरण गरिएको हो । विद्यालयलाई डस्टविन, भलिबल, फुटबल, नेट, रिङ्ग र प्रत्येक कक्षा कोठालाई डस्टविन समेत वितरण गरिएको थियो । कार्यक्रममा गोनेसाका महासचिव रामप्रसाद सुवेदीले भूकम्पले क्षति पु¥याएर विद्यालय जान नसक्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको जानकारी दिए । कार्यसमिति सदस्य तथा पत्रकार श्याम कुँवरले विद्यार्थीको शिक्षा प्राप्तिको मूल दायित्व सरकारको भएको उल्लेख गर्दै सामाजिक संघ संस्थाको भूमिका सहयोगी भएको बताए । गोनेसाका कार्यक्रम संयोजक कमला रिमालले सरकारको ध्यान नपुगेको ठाउँमा गरेको सहर्याग आर्थिक रुपमा ठूलो नभई भावनात्मक भएको विचार व्यक्त गरे । शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार ज्ञानेन्द्र सुवेदी, प्रधानअध्यापक जगत लामिछाने, पूर्व प्रअ तीर्थ राज लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर सुयँल, गोनेसाका लेखापाल प्रदिप सुवेदी, वरिष्ठ सुपरभाइजर कमल बहादुर पुन, अभिभावक संघका सदस्य दुर्गा बहादुर वि.क., शिक्षक श्रीधर लामिछाने लगायतले मन्तव्य राखेका थिए । तीन सय विद्यार्थी अध्ययनरत विद्यालयमा दुई तिहाई विद्यार्थीको आर्थिक अवस्था कमजोर भएको प्रधानअध्यापक लामिछानेले बताए ।

Post a Comment