0
गोल्डेन न्यूज संवाददाता
तीज अवसरमा पोखरामा आयोजना हुन लागेको सातौं मिसेज तीजका प्रतिस्पर्धीहरुले फरक फरक क्षमता प्रस्तुत गरेका छन् । यही भदौ ५ मा पोखरा सभागृहमा हुन लागेको फाइनल प्रतिष्पर्धा अघि उनीहरुलाई आयोजक राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले ट्यालेण्ट टाउण्डमा उतारेको हो । प्रतिष्पर्धी १७ जना सहभागीहरु मध्ये केहीले गीत गाए, केहीले नृत्य प्रस्तुत गरे भने कतिपयले हस्तकला र कुनै विषय वस्तुमाथि स्पीच दिए । युनियन अध्यक्ष पम्फा पहारीले महिलाहरुमा निहीत प्रतिभा प्रफुष्टन साथै महिला सशक्तिकरणका लागि हरेक वर्ष  तीज अवसरमा मिसेज तीज हुँदै आएको बताइन् । झण्डै एक महिना लामो विभिन्न प्रशिक्षणपछि उनीहरुलाई फाइनल राउण्डमा स्टेज उतारिने कार्यक्रम संयोजक एवं युनियन महासचिव सुमन गुरुङले बताइन् । युनियनका पूर्वअध्यक्ष एवं अग्रज व्युटीसएन मीना गुरुङले उद्घाटन गरेको ट्यालेण्ट शोको निर्णायक अनु गुरुङ, माया पुन गुरुङ, अर्पणा गुरुङ, सीता गुरुङ र सन्तोषकुमार सुनार थिए । प्रतिस्पर्धीमध्ये एक जना मिसेज तीज भइ चम्किनेछन् । प्रतियोगितामा यसबाहेक विधागत अवार्ड तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा कोरियोग्राफर रवीन्द्र बज्राचार्य हुन् । कास्कीसहित विभिन्न जिल्लाबाट सहभागी मिसेज तीज प्रतिष्पर्धीहरुमा इन्दु शर्मा, शोभा गौतम, लता बराल, पूजा सिलवाल, अस्मिता गुरुङ, बिना गुरुङ, रेखा गुरुङ, लक्ष्मी केसी, सुनिता पुन, सुशीला गुरुङ, विष्णुमाया गर्बुजा, पूजा कार्की लामिछाने, बासना बराल, रिञ्जु पुन, सुनिता गुरुङ, सपना सिलवाल र सिर्जना लामा छन् ।

Post a Comment

 
Top