गोल्डेन न्यूज सं३ वाददाता
पोखरा पिस क्लवले यही भदौ १९ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको नवौं खुल्ला पोखरा पिस क्रिकेट कपको तयारी तीव्र भएको जनाएको छ । क्लवले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिंदै प्रचार प्रसार संयोजक राजेन्द्र अधिकारीले नवौं पोखरा पिस क्रिकेट कपको ६० प्रतिशत तयारी पूरा भएको जानकारी दिए । उक्त अवसरमा २०६२ सालमा आयोजना गरिएको प्रथम संस्करणमा रु.४ हजार प्रथम पुरस्कार रहेकोमा नवौं संस्करणसम्म आइपुग्दा प्रथम पुरस्कार ३५ हजार पु¥याइएको पनि जानकारी दिइएको थियो । साथै प्रतियोगिता सम्पन्न गर्न कुल ३ लाख ४७ हजार तीनसय खर्च ३ लाख ९२ हजार अनुमानित आम्दानी हुने समेत जानकारी दिइयो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई १७ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु.२ हजार ५, ट्रफी र प्रमाणपत्र, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र साथै सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी, सर्वाधिक छक्का हान्ने खेलाडीलाई जनही १ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने मूल व्यवस्थापन समितिका संयोजक भोजराज बरालले जानकारी दिए । प्रतियोगितामा सहभागिताको लागि टिम दर्ताको समय २ दिन थप गरी भदौ १४ गतेसम्मका लागि समय तोकिएको क्लवका सचिव प्रताप आचार्यले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ क्लवका अध्यक्ष दामोदर बराल, मूल व्यवस्थापन समिति संयोजक भोजराज बराल र सचिव प्रताप आचार्यले दिएका थिए । प्रतियोगिता सम्पन्न गर्न हर तप्का र तहका व्यक्तिहरुसँग आग्रह समेत गरिएको छ । प्रतियोगिता मालेपाटनको खुल्ला मैदानमा हुने छ । क्लवका अध्यक्ष दामोदर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव प्रताप आचार्यले गरेका थिए ।

Post a Comment