0
गोल्डेन न्यूज संवाददाता
भुजेल समाज सेवा समिति कास्कीको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले मानबहादुर भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नर बहादुर घर्ति, सचिवमा प्रेम बहादुर भुजेल, कोषाध्यक्षमा प्रेम भुजेल, सहसचिवमा दान बहादुर भुजेल, सहकोषाध्यक्षमा समुन्द्र भुजेल र सदस्यहरुमा यम बहादुर भुजेल, मोति बहादुर भुजेल, माया भुजेल, मञ्जुवाला भुजेल, शरद बाबु भुजेल, सूर्य बहाुदर भुजेल, रुद्र बहादुर भुजेल, सुरज प्रकाश भुजेल, खिमबहादुर भुजेल र कुमार भुजेल रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि भुजेल समाजका केन्द्रीय अध्यक्ष तथा आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष सूर्य भुजेल, विशेष अतिथि आदिवासी जनजाति महिला महासंघ समन्वय परिषद् कास्कीका अध्यक्ष तथा भुजेल समाज केन्द्रीय सचिव राजकुमारी भुजेल, अतिथिहरु तमुधि कास्कीका सहसचिव जुनाकुमारी गुरुङ्ग, नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखे, तमुह्यूला छोंज धिका महासचिव चेत बहादुर बहादुर गुरुङ्ग, छोरेपाटन टोल विकास संस्थाका धर्मराज अर्याल, भुजेल समाज लमजुङ्गका अध्यक्ष क्या.खेम बहादुर भुजेल, हेम्जा इकाइका अध्यक्ष दान बहादुर भुजेल, शरदबाबु भुजेल, भिमसेन भुजेल, भक्तबहादुर घर्ति, निवर्तमान अध्यक्ष पुर्ण बहादुर भुजेल, सल्लाहकार तथा संस्थापक अध्यक्ष शम्भु बहादुर घर्ति लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा भुजेल समाज सेवा समिति कास्की मातहतका १८ इकाई कमिटी, आदिवासी जनजाति जातिय घटका प्रमुख तथा प्रतिनिधि तथा स्थानीय टोल विकास संस्था एवं कस्केली बन्धुबान्धवहरु को उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष विल बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मानबहादुर भुजेल र कार्यक्रमको संचालन सचिव प्रेम बहादुर भुजेलले गरेका थिए ।

Post a Comment

 
Top