गोल्डेन न्यूज संवाददाता
नयाँ नेपाल निर्माणको क्रममा भएको संघीयताको सीमांकनमा बाग्लुङ जिल्लालाई टुत्र्mयाएर दुई प्रदेशमा विभाजन गरेको भन्दै पोखरामा रहेका बाग्लुङबासी पनि आन्दोलित भएका छन् । अखण्ड बाग्लुङको पक्षमा जिल्लामा आन्दोलन चर्किरहँदा शुक्रवार पोखरामा पनि प्रदर्शन भएको छ । बाग्लुङ स्थायी घर भई बिभिन्न पेशा, ब्यबशायको लागि पोखरामा रहेकाको संस्था बाग्लुङ समाज पोखराले जिल्ला टुत्र्mयाउने निर्णयको बिरुद्धमा पोखरामा प्रदर्शन गरेको हो । पोखरामा रहेका बाग्लुङबासीहरु सिर्जनाचोकमा भेला भई, रत्नचोक, शहिदचोक हुँदै क्षेत्रीय प्रशासन कार्यलयमा पुगेर ज्ञापन पत्र बुझाएका थिए । विरोध ¥यालीमा सहभागीहरुले अखण्ड बाग्लुङको पक्षमा र जिल्ला टुक्राउने निर्णयको बिरुद्ध लेखिएका प्ले कार्ड र ब्यानर बोकेका थिए । ¥यालीपछि निमित्त क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोला मार्फत उनीहरुले सभामुख, प्रधानमन्त्री, उच्चस्तरीय राजनितिक संवाद समिति सहित सबै राजनितिक दलका प्रमुखलाई ज्ञापनपत्र पठाएका छन् । समाजकी उपाध्यक्ष शान्ता गिरी र सचिव ईश्वर खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संघिय प्रदेशको बिभाजन र सिमांकनका क्रममा बाग्लुङ जिल्लालाई ४ र ५ नम्बर प्रदेशमा टुत्र्mयाउने निर्णय मान्य नहुने भन्दै सिंगो जिल्लालाई ४ नम्बर प्रदेशमा समावेश गर्न माग गरिएको छ ।
Post a Comment