0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं १३ स्थित गौडाकोमुख यूथ क्लवको आयोजनामा मंगलवारदेखि सेभेन ए साइड फुटवल प्रतियोगिता  माछापोखरीमा सुरु भयो । गणेश तथा भद्रकाली मन्दिर सेवा समिति वडा नं १२ र १३ का अध्यक्ष तथा विकासप्रेमी टिका बहादुर कार्की बल दिएर सुरु गरिएको प्रतियोगतामा पहिलो दिन चार खेल भएका छन् । अध्यक्ष कार्कीले फुटवल खेलले सम्पूर्ण शारीरिक विकास गर्नमा ठूलो सहयोग पुग्ने बताए । हरेक खेलमा अनुशासन सँगै सामाजिक भावना भएमा खेल मैत्री वातवरण हुने अध्यक्ष कार्कीले भने । संगम यूथ क्लवलाई सेती वारीको नेतृत्व गरि राष्ट्र हाँक्ने क्लव बन्न अध्यक्ष कार्कीले जोड दिए। खेलकुद विकासको लागि संगम क्लवसँग हातेमालो गरेरर समिति जाने अध्यक्ष कार्कीले जानकारी दिए। प्रतियोगिताका संयोजक दिनेश द्धाले कार्यक्रमवो प्रकाश पारेका थिए  भने गौरव नेपालका कार्यक्रम संयोजक जुमा गुरुङले कार्यक्रम संचालन गरेका थिए । प्रतियोगिताको पहिलो दिन भएको काजीपोखरी र मिलन टोल वि बीच भएको खेलमा काजीपोखरीले जीतेको छ । त्यसैगरी ढुङ्गेसाउँ एफ सि र सुमरजुङ्ग एफ सि बीच भएको खेलमा ढुङ्गेसाउँको जीत भएको  छ भने पस गाउँ वि र एसि ए आइ जिबीच भएको खेललमा ट्राइ बेकरवाट ए सि आइ जि जीतेको छ । पोखरा भ्याली र ब्रोदर एफ सि बीच भएको खेलमा ब्रोदर एफ सिले जीतेको छ । प्रतियोतिामा ४४ टिमको सहभागिता रहेको खे आगमी १४ गतेसम्म संचालन हुने छ । खेलमा प्रथम हुनेलाई ८१ हजार, द्वितीय हुनेलाई ५१ हजार नगद साथै प्रमाणपत्र, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।



Post a Comment

 
Top