0
थकाली सेवा समिति, नदीपुर पोखराको अध्यक्षमा विश्वमोहन गौचन चयन भएका छन् । मंगलवार पोखरामा सम्पन्न ६१ औं साधारणसभा एवम् क्षेत्रीय अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शिवशंकर गौचन, सचिवमा गोविन्द गौचन, कोषाध्यक्षमा गोपाल शेरचन, सहसचिवमा समिता तुलाचन रहेका छन् । यसैगरी सदस्यहरुमा प्रदिप गौचन, अशोक शेरचन, नन्दप्रसाद तुलाचन, मिलन शेरचन, यशोदा गौचन लगायत रहेका छन् । समितिको कार्यकाल तीन वर्षको रहने छ । यसअघि कार्यक्रमको उद्घाटन थकाली सेवा समितिका केन्द्रिय उपाध्यक्ष डा. सोमतसिंह तुलाचनले आफ्नो हक अधिकारका लागि सबै थकालीहरु एक जुट हुनुपर्नेमा जोड दिए । थकाली सेवा समिति पोखराका अध्यक्ष अम्वर तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–प्राध्यापक ज्योति भट्टचन, आदिवासी जनजाति महासंघ कास्की अध्यक्ष पान बहादुर घर्ती, तमु धिं कास्की सहसचिव जुनाकुमारी गुरुङ, समितिका सचिव आत्मा तुलाचन, थकाली महिला परिवारका अध्यक्ष सतकुमारी शेरचन लगायतले बोलेका थिए । सोहि अवसरमा सतितिलाई अतुलनीय योगदान पु¥याएकोमा बलमान तुलाचन र ज्योति भट्टचनलाई सम्मान गरिएको थियो भने कक्षा ५ बाट इसिमा शेरचन, राहुल शेरचन, सरीका गौचन र विद्या शेरचन र कक्षा ८ बाट विवेक शेरचन, ममता तुलाचन पुरस्कृत गरियो ।


Post a Comment

 
Top