गोल्डेन न्यूज संवाददाता
पोखराको सभागृहचोकमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्था लि.को चौथो साधारणसभा एवं तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र शर्मालाई पुनः अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा धर्मराज भण्डारी, सचिवमा किरण पोखरेल र कोषाध्यक्षमा राजु श्रेष्ठ पुनः निर्वाचित भएका छन् । पदाधिकारी चारै जना सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी कार्यसमितिमा आवश्यक पर्ने ७ जनाका लागि १७ जनाको उम्मेदवारी परेपछि निर्वाचनको प्रक्रिया मतदानबाट छनौट गरिएको थियो । मतदानबाट लालकाजी गुरुङ, प्रेम गिरी, सन्तोष भण्डारी, नारायण प्रसाद सिग्देल, मुक्तिनाथ ढकाल, सविता श्रेष्ठ रञ्जित र विष्णुकुमारी पराजुली निर्वाचित भएका छन् । यसैगरी लेखा समिति संयोजकमा धनबहादुर भण्डारी र सदस्यहरुमा होमनाथ शर्मा र गोविन्द भट्टराई रहेका छन् भने ऋण समिति सदस्यमा सुजनबाबु अधिकारी र मोहन प्रसाद खनाल रहेका छन् । ऋण समिति संयोजक भने संचालक समितिको बैठकले नियुक्त गर्ने व्यवस्था छ । बोधराज बराल संयोजक र हिमालय बख्रेस र सहकारी डिभिजन कार्यालयका प्रतिनिधि भूपेन्द्र विनायक थापा सदस्य रहेको निर्वाचन मञ्डलले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा विगतको तुलनामा केही परिवर्तन भएको भएपनि सहकारी मैत्री नीति आउन नसकेको बताए । उनले राज्यले पछिल्लो समयमा तीन खम्वे अर्थनीति कार्यान्वयन गरेको भएपनि पूर्णतः व्यवहारमा लागू हुन नसकेको गुनासो गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले सहकारीलाई व्यवस्थित ढङ्गले संचालन गर्नुपर्ने खाचों औंल्याउँदै सहकारस्ले सामाजिक एवं सांस्कृति गतिविधिमा समेत योगदान दिनुपर्नेमा जोड दिए । सहकारीमा लाग्ने सदस्यहरुले नाफामात्र होइन सहकारीको क्रियाकलापमा पनि ध्यान दिनुपर्ने भन्दै तिवारीले ऋण लिन र लाभांश खोज्नमात्र सहकारीमा आवद्ध नहुन आग्रह गरे । कतिपय व्यक्तिहरुले सहकारीमा नेतृत्व हत्याउनका लागि हचुवाको भरमा ठूलो लगानी गर्ने तर मेहनत नगर्ने र संस्थाको गतिविधिलाई निष्क्रिय बनाउँदा समस्या निम्तिने गरेको भन्दै उनले सहकारीलाई व्यवसायीमैत्री, नागरिक मैत्री बनाएर संचालन गर्नुपर्ने खाँचो औंल्याए । सहकारीका अध्यक्ष रामचन्द्र शर्माले दवाव र प्रभावमा परेर राज्यले सहकारी समुदायलाई भ्रमित पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन गर्न नीतिगत सुधार आवश्यक रहेको बताए । राज्यले करको दायरा बढाउने हो भने सहकारीका सदस्यहरुलाई व्यवसायिक शीर्षकमा ऋण लगानी गर्न रोकेर गरेको अन्याय हटाउनुपर्ने बताए । कार्यक्रममा नेपाल एक्सप्रेस फाइनान्स पोखरा शाखा म्यानेजर रविचन्द्र खनाल, सहकारीका सल्लाहकार हिमालय बख्रेल, एनकुमार साई, हरिकृष्ण तिवारी, ललितबहादुर भण्डारी र बलराम कुँबरका साथै उपाध्यक्ष धर्मराज भण्डारी र सचिव किरण पोखरेलले पनि बोलेका थिए । यसैबीच साधारणसभाले सहकारीले बिहानी डेविट कार्ड संचालनमा ल्याउने निर्णय गरेको छ । यो प्रविधि सहकारी इतिहासमा नेपालमै पहिलो हुने बताइन्छ । साधारण सभामा प्रभु टेक्नोलोजीद्वारा उत्पादित ‘गुरु सफ्टवयेर’ को विमोचन गरिएको थियो । सहकारीले इन्टरनेट बैंकिङ र एसएमएस बैंकिङ सेवा समेत संचालनमा ल्याउने सहकारीका व्यवस्थापक टंक अधिकारीले जानकारी दिए । आर्थिक उन्नति सम्भव छ विहानीसंगै’ भन्ने मूल नाराका साथ २०६७ सालमा स्थापित सहकारीमा १ हजार २ सय ५४ जना सदस्य रहेका छन् । जसमा ४ सय १० जना महिला र ८ सय ४४ जना पुरुष रहेका छन् । सहकारीको कुल चुक्ता पुँजी ४ करोड १९ लाख ५३ हजार रहेको छ । सहकारी लघुवित्त कार्यक्रम, कार्यक्षेत्र विस्तार, शेयर वृद्धि गर्ने तयारीमा छ । सहकारीले बिजुलीको महशुल भुक्तानी सुविधा, सदस्यलाई झन्झट रहित सेवा, ३६५ दिन सेवा, सन्धाकालिन सेवा, विभिन्न रेमिटेन्स सेवा, बीमा प्रिमियम, नेट बिल तथा मोबाइल बिल भुक्तानी सुविधा उपलब्ध गराउदै आएको व्यवस्थापक अधिकारीले बताए ।
Post a Comment