0
गोल्डेन न्यूज संवाददाता
एमाओवादी निकट युवा संगठन वाइसिएल नेपाल कास्कीको जिल्ला कार्यसमितिको बैठक मंगलबार पोखरामा सम्पन्न भएको छ । अध्यक्ष बिनय थापाको अध्यक्षतामा सम्पन्न बैठकले संगठनको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ । बैठकले जनयुद्धको क्रममा शहिद हुने शीर्ष नेता सुरेश वाग्ले ‘बास’ को स्मृतिमा भदौं २३ गते पोखरामा बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको वाइसिएल कास्कीका सहसचिव सन्तोष सोनामले जानकारी दिए । बैठकमा एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले वाइसिएलको भूमिकाबारे चर्चा गरेका थिए । उनले वाइसिएलको भूमिकालाई प्रभावकारी बनाएर जनसेवामा लाग्नु युवा नेताहरुलाई निर्देशन दिएका थिए । त्यस्तै पूर्वअध्यक्ष तथा वाइसिएल केन्द्रीय सदस्य सुमन देवकोटाले परिवर्तित सन्दर्भमा वाइसिएलको भूमिका फेरिएकोु भन्दै भूकम्पपछिको राहत र पूनर्निर्माणमा वाइसिएल कास्कीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । जिल्ला अध्यक्ष बिनय थापाले भूकम्प र बाढी पहिरोको प्रकोपका समयमा वाइसिएल कास्कीले कास्की, गोरखा, लमजुङ लगायतका जिल्लामा सयौंको संख्यामा अस्थायी घरहरु निर्माण गरेको बताए । उनले भने–पूनर्निर्माण अभियान जारी छ । हामीले जनअपेक्षा अनुसार पूनर्निर्माणलाई निरन्तरता दिनेछौं ।’


Post a Comment

 
Top