गोल्डेन न्यूज संवाददाता
विद्यार्थीमा अन्तर्निहीत प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले स्टेप वाई स्टेप उच्च मा.वि. ले आफ्नो वार्षिक कार्यतालिका अनुसार निम्न माध्यमिक तहको हाँस्य व्यङ्ग्य कार्यक्रम संपन्न ग¥यो । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले सभापतिको आसनबाट प्रतिस्पर्धी विद्यार्थीहरुलाई शुभकामना दिँदै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा स्वच्छ मनोरञ्जन दिनुका साथै चेतना अभिवृद्धिमा सहयोग पु¥याउने बताए । कार्यक्रममा कक्षा ६ र ७ का ५६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यार्थीहरुले हँस्यौली, ठट्यौली, हाँस्य प्रहशन, चुट्किला, आदिका मार्फत विभिन्न सामाजिक तथा राजनीतिक विकृतिमाथि व्यङ्ग्य गरेका थिए । कार्यक्रमको प्रमुख आकर्षकको रुपमा कक्षा ७ मा अध्ययनरत छात्रा द्वय क्रिज्मा पौडेल र सिमा आचार्यले समाजमा जङफुडको प्रयोग र नकरात्मक असर माथि तिखो व्यङ्ग्य प्रहार गरे । त्यस्तै वातावरणीय सरसफाइका बारेमा सजग रहनुपर्ने कुरा समेत हास्य व्यङ्यको माध्यमबाट प्रस्तुत गरिएको थियो । प्रतियोगितामा क्रिज्मा पौडेल र सीमा पौडेलको समूह प्रथम, अमन शर्मा र इशान दवाडीको समूह द्वितीय, समता शर्मा र अनुजा आचार्यको समूह साथै शाहिल सिंह र जयन्त न्यौपानेको समूह तृतीय र सन्देश बि.क. को साथै निश्चल थापा र समिर तिमिल्सिनाको समूह चतुर्थ भएका थिए । कार्यक्रमको अन्त्यमा विद्यालयका प्राचार्य निर्मला बरालले सहभागी विद्यार्थीहरूलाई धन्यवाद र विजयी विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख जगन्नाथ घिमिरेको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक मेघनाथ गिरीले गरेका थिए भने शिक्षकद्वय वमबहादुर थापा र राधाकृष्ण आचार्यले मूल्याङ्कन गरेका थिए ।
Post a Comment