गोल्डेन न्यूज संवाददाता
वेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवस आइतवार पोखरामा एक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो । अन्तत्र्रिmयामा सहभागीहरुले धेरै संघर्षपछि वेपत्ता छानवीन आयोग गठन भएकोले आयोगको कामलाई प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायहरुले सहयोग गर्नुपर्नेमा जोड दिए । वेपत्ता नागरिक सार्वजनिक नहुदाँ वेपत्ता परिवारले सम्पत्तीको भोग चलन गर्न, जग्गाको नामसारी तथा वेचविखन गर्नमा कठिनाई भएको गुनासो गरे । द्वन्द्वका समयमा कास्की जिल्लाबाट १७ जना नागरिक वेपत्ता भएको इन्सेकको तथ्यांकमा उल्लेख छ । कार्यक्रममा बोल्दै नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटर विजयपुरका महासेनानी सुदर्शन सिलवालले शसस्त्र द्वन्द्वका समयमा भएका घटनाहरुको सत्य तथ्य छानवीनका लागि प्रक्रिया अगाडि बढेको भन्दै सुरक्षा निकायहरुबाट भएका कमि–कमजोरीको समेत अनुसन्धान भैरहेको जानकारी दिए । वेपत्ता नागरिकको स्थिति सार्वजनिक गरी खोजीका लागि नेपाली सेनाले आवश्यक पहल सहित सहयोग गर्ने बताए ।नेकपा एमालेका अध्यक्ष एवम् स्थानीय शान्ति समितिका संयोजक कृष्ण थापाले ढिलै भएपनि छानवीनका लागि आयोग गठन भएकोले आयोगलाई निष्पक्ष रुपमा काम गर्नका लागि सहयोग गर्नुपर्ने बताउँदै नेपाल विभिन्न अन्तर्राष्ट्रिय कानुनको पक्षराष्ट्र भैसकेकोले पीडकलाई कारवाही र पीडितलाई न्याय दिलाउनका लागि बाध्यकारी हुने बताए । वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले तत्कालीन राज्यपक्षबाट पीडित बनाइएका नागरिकका परिवार र राजनीतिक दल, सुरक्षा निकायवीच एकै थलोमा बसेर सम्वादको थालनी भएको भन्दै पीडितलाई न्याय लागि नागरिक समाजबाट निरन्तर खवरदारी गरिनु पर्नेमा जोड दिए । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाई, शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक रामप्रसाद सुवेदी, सञ्जालका पूर्व संयोजक विष्णुप्रसाद बराल,स्थानीय शान्ति समिति सदस्य तथा एनेकपा माओवादीका परशुराम कोइराला, स्थानीय शान्ति समितिका सचिवालय सदस्य खगराज आचार्य, गैसस महासंघका अध्यक्ष गोपाल खड्का, नेपाल प्रहरीका इन्सपेक्टर कृष्णबहादुर कार्की,एड्भोकेसी फोरमकी सरलाकुमारी पाण्डे, राष्टिूय मानवअधिकार आयोगका अधिकृत ज्योतिप्रसाद घिमिरे, वेपत्ता परिवार शालिकराम पौडेल, सीता बस्ताकोटी न्यायका लागि द्वन्द्व पीडित समाजका अध्यक्ष कृष्णप्रसाद पराजुली, वेपत्ता परिवार समाजका अध्यक्ष अणनाथ बराल लगायतले नागरिक वेपत्ता बनाउने कार्यलाई गम्भीर प्रकृतिको फौजदारी कानून बमोजिम कार्वाही गरिनु पर्नेमा जोड दिएका थिए । वेपत्ता पािरएकाहरुको सम्झनामा राष्ट्रिय अभियान, सत्य, न्याय र परिपुरण सहितको कानुनी प्रावधान विषयमा अन्तत्र्रिmया कार्यक्रम इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय मानव अधिकार आयोग पोखरा, एड्भोकेसी फोरम पोखरा, स्थानीय शान्ति समिति, न्यायका लागि द्धन्द्ध पीडित समाज, वेपत्ता परिवार समाज र शान्तिका लागि नागरिक सञ्जाल लगायका संस्थाहरुले संयुक्तरुपमा आयोजना गरिएको हो । कार्यक्रम अन्तर्गत साँझ पोखराको सहिदचोकमा मैनवत्ती प्रज्वलन गरी वेपत्ता नागरिकको सम्झना गरिएको थियो ।
Post a Comment