0
गोल्डेन न्यूज संवाददाता
बन्द सदाका लागि बन्द गरौँ तथा सामाजिक सद्भाव कायम गरौँ भन्ने उद्घोषका साथ पोखरामा शुक्रबार बृहत शान्ति तथा सद्भाव ¥यालीको आयोजना गरियो । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आह्वानमा आयोजना भएको ¥यालीले पोखराका मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो । ¥यालीमा नागरिक समाजका अगुवा, उद्योगी÷व्यवसायी, सामाजिक संघ÷संस्थाका प्रतिनिधि, टोल विकास संस्था, आमा समूहहरु, शिक्षक, विद्यार्थी तथा सर्वसाधारण हरुको उलेख्य सहभागिता रहेको थियो तर कास्कीमा क्रियाशील कुनैपनि राजनीतिक दल र तीनका भातृ संगठनसहित अन्य जातीय संघसंस्थाले भने सहभागिता जनाएनन् । पोखरालाई बन्द मुक्त क्षेत्र घोषणा गरौँ, सामाजिक सद्भाव कायम गरौँ, बालबालिकाको पढ्न पाउने अधिकार नखोस, शान्ति र सद्भाव कायम गरौँ जस्ता प्लेकार्ड बोकेर सडकमा उत्रिएकाहरुले बन्दले कसैको भलो नहुने धारणा व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै चिप्लेढुंगाको मानवअधिकार चोकसम्म आइपुग्दा ¥यालीमा सहभागीको संख्या थपिएको थपियै थियो । ¥यालीमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बन्द र हड्तालको विरुद्धमा देखिएको जनमतलाई कदर गर्न बन्द आह्वानकर्तालाई अनुरोध गरे । ¥याली कुनै दल वा समूहप्रति लक्षित नभएको बताउँदै उनले आफ्ना माग पूरा गराउन बन्दजस्तो अप्रिय निर्णय नलिन पटक–पटक आग्रह गरे । उनले बन्दको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

Post a Comment

 
Top