0
वडा स्तरीय पारालिगल कमिटी पोखरा १८ ले  आयोजना गरेको महिला सचेतना बृद्धिका लागि कानूनी सहायता सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सकिएको छ । समापन कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले महिलाको पक्षमा बनेका कानूनको बारेमा कतिपय महिलाहरु अझै पनि अनभिज्ञ रहेको उल्ल्लेख गर्दै कानूनी सचेतनाको लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । तालिमलाइ महिला मानबअधिकार रक्षक संजाल कास्कीका अध्यक्ष सरला कुमारी पाण्डे, पोखरा उप महानगरपालिकाका अधिकृत दूर्गा न्यौपाने, क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी, ब्रम्हाकुमार राजकुमार खड्काले सहजीकरण गरेका थिए । तालिममा ५५ जना महिलाहरुको सहभागिता रहेको कमिटीकी सल्लाहकार यशोधा भट्टराइले जानकारी दिइन । वडास्तरीय पारालिगल कमिटीकी अध्यक्ष राधा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका इकाइ सभापति बोधराज कार्की, समाजसेवी रोम बहादुर कार्की, टोल विकास संस्था वडा समन्वय समिति १८ का अध्यक्ष  तोरण खड्का, महिला समन्वय समीतीका अध्यक्ष इन्द्रमाया बानियाँ, प्रशिक्षार्थी सीता राना, कार्यक्रम संयोजक सुशिला तिवारी लगायतले बोलेका थिए।कार्यक्रमको संचालन सचिब लाल माया मगरले गरेकी थिइन ।

Post a Comment

 
Top