0
कसमस इन्टरनेशनल कलेजमा अतिरिक्त क्रियाकलाप अन्तर्गत यसै साता ‘स्पेलिङ वि’ प्रतियोगिता सम्पन्न भएको छ । कलेजका कार्यकारी निर्देशक तेज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा करिब १३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विज्ञान संकाय प्रथम बर्षकी सलीना गुरुङ प्रथम स्थान र मानविकी संकाय प्रथम बर्षकै लक्ष्मी न्यौपानेले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । कार्यक्रममा कलेजका कार्यकारी निर्देशक तेज गुरुङ, शैक्षिक संयोजक भरत गुरुङ, प्रशासक चित्र गुरुङ तथा शिक्षक वेदनाथ शर्मा लगायतले बोलेका थिए । यसैगरी पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविमा खुल्ला वर्ड पावर कन्टेस्ट सम्पन्न भएको छ । कक्षा–६ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाएको प्रतियोगितामा बरदान आचार्य प्रथम, सिजन पौडेल द्वितीय, सुस्मिता बाँस्तोला तृतीय र निशान गिरीले सान्त्वना स्थान प्राप्त गरेका हुन् । विद्यालयका प्राचार्य नारायण शर्मा चापागाइको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य सन्तोष गुरुङ्ग, व्यवस्थापकीय संयोजक अर्जुन ढकालले बोलेका थिए ।

Post a Comment

 
Top