दा“तसंग जोडिएको छ मुटुको स्वास्थ्य
विभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि भैसकेको छ की मुखको स्वास्थ्यसँग मुटुको स्वास्थ्य जोडिएको छ । मुखका विभिन्न संक्रमण तथा रोगहरु भएका मानिसमा मुटुसम्बन्धी समस्याहरु बढि पाइने गरेको छ । धेरै मानिसहरु मुखभित्रको सफाइ तथा हेरचाहमा खासै ध्यान दिँदैनन् । दाँत दुखेर असह्य नभएसम्म डाक्टरकोमा उपचारका लागि नजाने बानी हुन्छ धेरैको । यस्तो खालको लापरवाही मुटुका लागि हानिकारक हुने विज्ञहरुको भनाइ छ ।
मुटुरोग विज्ञका अनुसार मुखको हेरचाह र मुटुको हेरचाह एक अर्कासँग सम्बन्धित छन् । उनीहरु भन्छन्,–‘केही विरामीहरु सुर्ति चपाउँछन्, धुम्रपान गर्छन् । उनीहरुले मुखको स्वास्थ्यमा ध्यान नदिँदा गिँजा सुन्निने तथा रातो हुने अर्थात् सीआरपी पैदा हुन्छ । यो सिधै मुटरोग सँग जोडिएको छ । गिँजामा संक्रमण गर्ने जिवाणुले मुटुको भल्भमा संक्रमण गर्दछ । सुर्ति सेवन गर्ने मानिसमा मुटुको धमनी बन्द हुने समस्या पनि उत्पन्न हुनसक्छ ।’ मुटुरोग विज्ञका अनुसार दिनमा दुइ पटक दाँत ब्रस गर्नाले मुटुको समस्याबाट बँचाउन सहयोग गर्छ । दन्त चिकित्सकहरुका अनुसार दाँतका रोगीहरुको उपचारका क्रममा मुटु समेत चेकजाँच गर्नु आवश्यक हुन्छ । मुखको संक्रमणको सम्बन्ध मुटुको स्वास्थ्यसँग जोडिएको हुनाले कुनैपनि उपचार सुरु गर्नु भन्दा पहिले विरामीको प्रोफाइलेक्टिक एन्टिबायोटिक्स दिइन्छ । अस्पतालमा पनि कुनै इलेक्टिभ सर्जरी वा रेडियोथेरापी गर्नुअघि विरामीको दाँतको चेकअप गराइन्छ । यसरी गरौँ दाँतको हेरचाह दिनहुँ दुइपटक दाँत माझ्ने, गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्ने, रातमा सकेसम्म गुलियो खानेकुरा नखाने अल्कोहल, सफ्ट ड्रिक्स पनि धेरै सेवन नगर्ने, बोतलको ढकनी खोल्दा, ओखर फोड्ने जस्ता कामका लागि दाँतको प्रयोग नगर्ने, दाँतको सफाइ राम्रोसँग गर्ने, डेन्टिस्टले सुझाए अनुसारको माउथवासको प्रयोग गर्ने, गिँजा सुन्निने, दुख्ने तथा रगत आउने भएमा तत्कालै दन्त चिकित्सककोमा गएर उपचार गराइहाल्ने ।
कन्ट्याक्ट लेन्सेमा अन्धोपनको खतरा

आजभोलि आँखाको गडबडी ठीक पार्नका लागि चश्मा लगाउनुपर्ने मानिसहरुले चश्माको झण्झटका कारण आँखाभित्रै राखिने कन्ट्याक्ट लेन्स लगाउने चलन बढेको छ । लगाउन सजिलो, पुछिरहनुपर्ने झण्झट पनि नहुने, खसेर फुट्ला भन्ने डर पनि नहुने अनि आँखाको दृष्टि सुधारका लागि चश्मा लगाएको भन्ने पत्तो पनि कसैलाई नहुने । यहीँ कारण कन्ट्याक्ट लेन्स पछिल्लो समयमा फेसन नै बनेको छ । तर वैज्ञानिकहरुका अनुसार कन्ट्याक्ट लेन्स आँखाको स्वास्थ्यका लागि हानिकारक सावित हुँदै गएको छ र यसले आँखाको विभिन्न संक्रमणका साथै अन्धोपनाको खतरा पनि बढाएको छ । बेलायतको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको एक सर्भेक्षण अनुसार कन्ट्याक्ट लेन्स लगाउने हरेक १ सय जनामा ९९ जनाले यो लेन्स लगाउँदा पालना गर्नुपर्ने महत्वपूर्ण नियम अर्थात् गोल्डेन रुल्सहरु पालना गर्ने नगरेको पाइएका छ । कन्ट्याक्ट लेन्स लगाइसकेपछि अपनाउनुपर्ने सावधानी नअपनाउँदा त्यस्ता मानिसहरुको आँखा खतरामा पर्ने शोधकर्ताको भनाइ छ । त्यस्तो सावधानी मध्ये लेन्सको नियमित सरसफाइ एउटा महत्वपूर्ण कार्य हो जुन निकै कमले मात्र पालना गर्ने गरेका छन् । शोधका क्रममा कन्ट्याक्ट लेन्स लगाएका मध्ये आधा भन्दा बढिले आफु रातमा पनि कन्ट्याक्ट लेन्स लगाएरै सुत्ने गरेको बताएका छन् भने ९० प्रतिशतले दिउसो छोटो समय सुत्दा कन्ट्याक्ट लेन्स नझिक्ने गरेको पाइएको छ । कन्ट्याक्ट लेन्स सफा गर्ने झोल नियमित रुपमा नविकरण गर्नुको साटो पहिले नै डुबाएको झोलमा पटक पटक डुबाएर सफा गर्ने र लाउने गर्दा त्यसले आँखामा केराटाइटिस लगायतका आँखाका संक्रमण बढाउने गरेको पाइएको छ । यो रोग कोर्नियामा दुखाइ हुने आँखाको संक्रमण हो जसले अन्ततः अन्धोपना गराउँछ । शोधका क्रममा कन्ट्याक्ट लेन्स लगाएका मध्ये एक तिहाइ मानिसहरु आँखा रातो भएको तथा दुखेको समस्या लिएर डाक्टरकोमा जाने गरेको पाइएको छ । यस्तै आफ्नो कन्ट्याक्ट लेन्स निकालेर धाराको पानीमा धुने तथा कन्ट्याक्ट लेन्स लगाएरै पौडिने तथा नुहाउने जस्ता कामले पनि आँखाको स्वास्थ्यलाई ठूलो खतरामा पार्ने शोधकर्ताहरु बताउँछन् । यसरी कन्ट्याक्ट लेन्सलाई धारामा धुने तथा लेनस लगाएरै नुहाउने वा पौडी खेल्ने गर्दा कन्ट्याक्ट लेन्समा सुक्ष्म जिवाणुको संक्रमण हुने र उक्त संक्रमणले आँखालाई हानी गर्ने बताइएको छ । त्यस्तै फोहोर हातले लेन्स निकाल्ने वा आँखामा लगाउने गर्दा पनि हातबाट हानिकारक जिवाणुहरु आँखामा सर्ने गरेको पाइएको छ । जसले केराटाइटिस जस्ता संक्रमणको जोखिम बढाउँछ । त्यस्तै धेरै मानिसले लामो समयसम्म एउटै कन्ट्याक्ट लेन्स लगाउने गरेको र डेट एक्स्पाएर भैसकेपछि पनि पूरानो लेन्स नफेर्ने गर्दा संक्रमणको जोखिम बढ्ने गरेको शोधकर्ताहरु बताउँछन् । बँच्न के गर्ने ?कन्ट्याक्ट लेनस आँखामा राख्नु वा आँखाबाट निकाल्नु अघि हात राम्रोसँग साबुनपानीले धुने र हात सुख्खा भएपछि मात्र लेन्स छुने । सुत्नुअघि, नुहाउनु तथा पौडी खेल्नुअघि कन्ट्याक्ट लेन्स निकाल्ने हरेक पटक आँखाबाट निकालिसकेपछि कन्ट्याक्ट लेन्स निर्मलीकरण गर्नका लागि जिवाणु नष्ट गर्ने डिस्इन्फेक्टेन्ट झोलमा डुबाउने वा पखाल्ने ।
तातो कागतीपानी पिउनुहुन्छ ? सावधान !
मनतातो पानीमा कागतीको रस हालेर पिउने बानी धेरैको हुन्छ । वास्तवमा यस्तो हट वाटर लेमन स्वास्थ्यमा सचेत हुनेहरुको लागि एउटा फेसन जस्तै बनेको छ । कागतीपानीले पेट सफा गर्ने, पाचन प्रक्रियामा सुधार ल्याउने, वजन घटाउन सहयोग गर्ने तथा सरीरबाट विभिन्न विषाक्त पदार्थको उत्सर्जन गरेर विभिन्न खाले रोगबाट बचाउने गर्छ । तर विज्ञहरुले भने तातो कागती पानी अर्थात् हट वाटर लेमन दाँतका लागि हानिकारक हुने चेतावनी दिएका छन् । तातो कागतीपानीको अम्लपना दाँतका लागि हानिकारक हुने र यसले दाँतको इनामेल खियाउने र दाँत सड्न तथा बिग्रिन थाल्ने दन्त विज्ञको भनाइ छ । बेलायती दन्त संगठनका वैज्ञानिक सल्लाहाकार प्राध्यापक डामियन वाल्मस्ले पेय पदार्थ जति बढि अम्लीय भयो त्यसले उति नै धेरै दाँत खियाउने देखिएको बताए । उनका अनुसार तातो पानीमा मिसाएर पिउँदा कागतीको रसले दाँतमा असर गर्दछ । कागतीको रसको पिएच मान २ देखि ३ को बीचमा रहने अर्थात् यो निकै अम्लीय हुने भन्दै उनले तातो पानीमा मिसाएर पिउँदा यसले दाँतमा बढि असर पूराउने तर्क गरे । यसको कारण तापक्रमले कागतीको अम्लको सक्रियतालाई बढाउने तथा दाँतको खिइने दर पनि बढ्न जान्छ । उनले पछिल्लो समयमा खासगरी बालबालिका तथा किशोरकिशोरीहरुमा कागतीपानीले दाँत खियाउने घटना बढि पाइएको बताए । ब्रिटिस डेन्टल फाउन्डेसनका प्रमुख कार्यकारी डाक्टर निजेल कार्टर पनि तातो कागतीपानीले दाँत खियाउने कुरामा सहमत छन् । तातो कागतीपानीको सेवन भिटामिन सी आपूर्ति गर्ने राम्रो माध्यम हुनुका साथै अन्य धेरै स्वास्थ्य समस्या भएपनि यसले दाँतलाई भने अस्तव्यस्त बनाउने उनी बताउँछन् । तातो पानीले दाँतको इनामेल खियाउने अर्थात् दन्त स्खलन गराउने अनि विस्तारै दाँत कमजोर तथा कालो देखिँदै जाने उनले बताएका छन् । कागतीपानीको असर दाँतमा पर्न नदिनका लागि गिलास वा कपबाटै पिउनु भन्दा जुस पिउने पाइपले तान्ने र दाँतमै पर्न नदिइ निल्ने उपाय उनले सुझाएका छन् । गिलास वा कपले नै पिउने परेपनि सुरुप सुरुप पटक पटक पिउनुको साटो एकैपटक स्वात्त पिउनु राम्रो हुने उनको सुझाव छ ।
Post a Comment