0
गोल्डेन न्यूज संवाददाता
महिला वडा समन्वय समिति पोखरा ३ को आयोजना तथा पोखरा उपमहानगरपालिकाको सहयोगमा तीन दिने उद्घोषण तथा प्रस्ताव लेखन तालिम आइतबार देखि शूरु भएको छ । तालिमको उद्घाटन गर्दे पोखरा उप महानगरपालीकाका बरिष्ठ अधिकृत  ओमराज पौडेलले महिला र पुरुषबीच रहेको विभेदका कारण नै नेपाली समाज पछाडि परेको उल्लेख गर्दे समतामूलक समाज निर्माणको लागी महिलासशक्तिकरणका कार्यक्रमहरुले महत्वपूर्ण भूमीका खेल्ने बताए । तालिमलाइ   पश्चिमाञ्चल उच्च माबिकी सहायक प्रधानाध्यापक  मिना कुँवर श्रेष्ठ, क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी र नौलो घूम्तीका शिवराज शर्मा ले सहजीकरण गर्ने समितिका अध्यक्ष सरस्वती ताम्राकारले जानकारी दिइन । समितिका अध्यक्ष सरस्वती ताम्रकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ३ का सचिव सबिता बाँस्तोला, टोलबिकास संस्था वडा समन्वय समिति वडा नं ३ का अध्यक्ष बिष्णुशंकर खूवाउजू, बूद्ध बिहार टोल बिकास संस्थाका अध्यक्ष सनकमान सिके, कन्या मार्ग टोल विकास संस्थाका अध्यक्ष शान्ती पराजूली, समाजसेवी गोबीन्दध्वज श्रेष्ठ,समितिका सल्लाहकार शान्ति उदास, लगायतले शुभकामना मन्तब्य ब्यत्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य समितिका उपाध्यक्ष लक्ष्मी अधिकारीले राखेकी थिइन भने कार्यक्रमको संचालन समितिका सचिब रमा सिकेले गरेकी थिइन ।



Post a Comment

 
Top