0
चर्चित लोक दोहोरी गायक कृष्ण देवकोटाको नयाँ एल्बम ‘रेशम रुमालमा’ दर्शक श्रोतामाझ आएको छ । झण्डै चार वर्षको अन्र्तरालमा बजारमा आएको यो एल्बम उनको अठारौं हो । एल्बम बजारमा आएसँगै देवकोटाको चर्चा पुनः बढ्न थालेको छ । गीतको शब्द लय संकलन समेत देवकोटालेनै गरेको यस गीतमा आवाज देवी घर्तीले साथ दिएकी छन् । एल्बलाई माछापुच्छे« डिजिटलले बजारमा ल्याएको हो । गीतको भिडियो समेत दर्शक श्रोताको रोजाइमा पर्न थालेकोमा देवकोटा हौसीएका छन् । पोखराको विषयबस्तुलाई गीत मार्फत पस्तुत गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले गीत तयार पारेको उनले सुनाए । ‘गीत मार्फत माया प्रेम सँगै पोखराको पर्यटकीय क्षेत्रको वर्णन गरिएको छ’ उनले भने । पोखरामानै छायांकन गरिएको भिडियोमा शंकर विसि र मोना थापाले अभिनय गरेका छन् । शंकर विसिले निर्देशन गरेको भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । आजभन्दा झण्डै ४० वर्ष अघि चापाकोट गा.वि.स.वडा नं.–४, चापाकोट कास्कीमा बुबा नरपति र आमा पवित्रा देवकोटाको कान्छो सन्तानको रुपमा देवकोटाको जन्म भएको थियो । उनको  बाल्यकाल गाउँमानै बितेको थियो । गाउँमा बस्ने पढ्ने, घाँस दाउरा, बाख्रा, भैसी चराउन जाने, घरको काम गर्ने उनको दैनिकि थियो ।  स्कुल पढ्दा स्कुलमा हुने कार्यक्रम, विभिन्न संघ–संस्थाले गर्ने कार्यक्रममा उनले भाग लिन थाले । यसरी प्रतिभा सुनाउँदा उनलाई साथीभाईबाट राम्रो सर्पोट मिल्न पुग्यो । जसले गर्दा गीत–संगीतको क्षेत्रमा लाग्ने इच्छा उनमा अभिवृद्धि भयो । एस.एल.सी. उत्तीर्ण भएपश्चात उनी गाँउबाट पोखरा हानिए । प्रमाणपत्र तह पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गरेका उनी त्यसपछि भने विरानो शहर काठमाडांै गए । केही समय पोखरामा बस्दा पनि विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कार जितेका थिए । उनको प्रतिभाको कारणलेनै काठमाडौंमा रहेको नेपालको पहिलो दोहोरी साँझ पुकार दोहोरी साँझ उनले गीत गाउने अवसर प्राप्त गरे । गीत गाएर केही पारिश्रमिक समेत पाउन थालेपछि उनी यो क्षेत्रमा अगाडि बढ्न उत्साहित भए । २०५३ सालमा ‘गरिबको कोख’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका उनले २०५५ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका थिए । नारायण रायमाझीको सहकार्यमा २०५५ मा पहिलो एल्बम ‘बाईपङ्खी’ बजारमा ल्याए । एल्बमबाट नेपाली लोक दोहोरी क्षेत्रमा उनको आगमन त भयो तर अपेक्षा अनुसार एल्बम चल्न सकेन । त्यसपछाडि पोखरा आएका उनी व्यापार गर्न स्याङ्जा पनि पुगे एक वर्षको अन्तरालपछि पुनः व्यापार रोकेर गीत संगीतको क्षेत्रमा अगाडि बढ्ने भन्दै काठमाडौं तर्फ लागेको थिए । त्यसपछाडि २०५८ मा ‘पोखरामा बसमा चढौला’ एल्बम निकालेपछि उनको लोकप्रियता बढेर गयो, उनकै शब्द, लय र  आवाजमा निकालिएको यो एल्बमको लोकप्रियतालेनै उनलाई अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । त्यस पछाडि एक पछि अर्को गर्दै उनले एल्बम बजारमा निकालेका थिए । उनका एल्बममा राम्दी झरेर (२०५९), कृष्ण भिरको पैरो (२०५९), संसार विचित्र (२०६१) रहेका छन् । त्यस्तै उनको लय शब्दमा मायाले मा¥यो (२०६१) मा आएको थियो जुन एल्बममा रहेको ‘म त हिडे पोखरा’ चर्चित बन्न पुगेको थियो । जुन गीतमा आवाज भने पुरुषोत्तम न्यौपानेकोे थियो । फेवातालको पानीले (२०६२), पल्टन स¥योनी (२०६३), तीजको एल्बम मोबाइल किन्देउ बुढा बाख्रा बेचेर (२०६४), रेशमको पछ्यौरी (२०६५), हो र हो बाबुराम नयाँ नेपालमा (२०६६), म त लाहुरे गोर्खा पल्टनको (२०६७), बाबुराम नयाँ नेपाल कुन चराको नाम (२०६७), ढाकाटोपी ढल्क्यो नभन (२०६७), कम्मरै नुगेन तीजको एल्बम (२०६७), के बन्छ र नयाँ संवीधान (२०६७), पर्यटन सम्बन्धि एल्बम डेस्टिनेसन पोखरा (२०६८) निकालेका थिए ।  यसका अलावा डोली, नेपाल जाने दाई लगायतका थुर्पै पञ्चेबाजाका गीतमा समेत उनले आवाज दिएका छन् । हालसम्म तीन सय भन्दा बढि गीतमा आवाज भरीसकेका उनले त्यतिनै संख्यामा शब्द सीर्जना गरेका छन् । गीत गाउने, लेख्ने मात्र हैन कविता, मुक्तक, सायरी, सिर्जना गरी स्टेजमा सुनाउने गर्छन् हाल उनी स्टेज कार्यक्रममा उद्घोषकको रुपमा समेत सक्रिय छन् । त्यसो त उनी विभिन्न ठाउँमा आयोजना हुने लोकदोहारी प्रतियोगितामा निरन्तर निर्णायकको भूमिका निर्वाह गर्दैआएका पनि छन् । आफैले माछापुच्छ«े म्युजिक प्रा.लि.को सञ्चालन गरीरहेका उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको पूर्व केन्द्रीय कोषाध्यक्ष हुन् भने पोखराको गण्डकी टेलिभिजनमा आवद्ध पनि छन् । यतिबेला पारिश्रमिकमा गाउने कलाकारलाई ठिकै भएपनि आफ्नै लगानीमा एल्बम बजारमा ल्याउनेलाई गाह्रो भएको बताउँछन् । उनी भन्छन्–‘अहिले प्रविधिको विकासले आम्दानी ह्वात्तै घटेको छ, म्युजिक भिडियो बनाउनुपर्ने अपरिहार्यता छ यसले लगानी बढाएको छ तर एल्बम किन्ने काम ठप्पै छ’  प्रमोशनका लागी प्रचार–प्रसार विज्ञापनमा मोटो रकम खर्च गर्नुपर्ने भएपनि रिर्टन केही नभएकोले कलाकार मर्कामा परेकोे दुखेसो समेत उनी पोख्छन् । नियम कानून नभएकोले एल्बम बजारमा आउनासाथ सबेको पेन ड्राइभ, मोबाइल, कम्प्युटरमा पुग्ने हुदाँ कलाकार मर्कामा परेको उनको तर्क छ ।  पाइरेसी रोक्न सक्ने र जनचेतना फैलाउनु सकियो भने यस क्षेत्रमा आम्दानी राम्रो हुने उनले बताए । उनी भन्छन् –‘हाल कमाउन गाह्रो छ तर गीत संगीतको व्यापकता बढेको छ, श्रोता दर्शक बढेका छन् उनीहरु गीत सुने बापत पैसा तिर्न पनि इच्छुक छन् तर नियम कानून नहुदाँ अप्ठ्यारो प¥यो ।’ हालसम्म उनले हिट्स एफ एम म्युजिक अवार्ड, सोपाल तमु समाज काठमाडौं, नेपाली लोक बाजा संरक्षण समिति, पोखरा उप–महानगरपालिका लगायतका विभिन्न संघ–संस्थाले आयोजना गरेका प्रतियोगितामा भाग लिई थुपै्र पुरस्कार जितिसकेका छन् । लेखनाथ उद्योग वाणीज्य संघ, सुनौलो एफएम, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल, नेपाली होटल व्यवसायी संघ लयागतका दर्जनांै संस्थाले लोक गीतसंगीतको क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेका छन् । कार्यक्रमको शिलशिलामा नेपालका झण्डै पचास जिल्ला र कतार, मलेसीया, कोरिया, हङकङ,  लगायतका देशमा पुगी आफ्नो प्रतिभा सुनाइसकेका छन् । उनका बटौलीमा झरौला, राम्दी झरेर, संसार विचित्र, मोहनी लाग्यो, नौ तुनाको रेल, बाबुराम नयाँ नेपाल कुन चराको नाम, ढाकाटोपी ढल्क्यो नभन लगायतका गीत बढी मात्रामा चर्चित छन् । नारायण रायमाझीको प्रेरणामा यस क्षेत्रमा लागेको बताउने  उनले आवाजले साथ दिएसम्म साँगीतिक क्षेत्रमा निरन्तरता दिने सोच बनाएका छन् ।





Post a Comment

 
Top